फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खतरा र चुनौतीलाई पराजित गर्न चीनको अर्थतन्त्र सक्षम

(GMT+08:00) 2019-12-13 15:18:20
तीन दिनसम्म चलेको केन्द्रीय आर्थिक कार्य सम्मेलन डिसेम्बर १२ तारिख सम्पन्न भएको छ। त्यस सम्मेलनले सन् २०१९को आर्थिक कार्यको निचोड निकाल्नुका साथै वर्तमान आर्थिक परिस्थितिको विश्लेषण गरेर सन् २०२०को आर्थिक कार्यका लागि व्यवस्थापन गरेको छ। साथै त्यस सम्मेलनले खतरा, कठिनाई र चुनौतीलाई पराजित गर्ने चिनियाँ जनताको अठोटलाई सुदृढ पारी आगामी वर्षको आर्थिक कार्यका लागि सशक्त निर्देशन पनि दिएको छ।

लामो समयदेखि केन्द्रीय आर्थिक कार्य सम्मेलनलाई बाह्य जगतले आउँदो वर्षका लागि चीनको समष्टिगत आर्थिक नीतिको तर्जुमा गरिने एक महत्वपूर्ण झ्याल मान्दै आएको छ। सन् २०२० मा चीनले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने वर्षका साथै १३औँ पञ्च वर्षिय योजनाको अन्तिम वर्ष हुनेछ। साथै आउँदो वर्ष चीनको विकास सामु देखा पर्ने देशी र विदेशी वातावरण झन् जटिल र गम्भीर हुनेछ। यस्तो अवस्थामा उक्त केन्द्रीय आर्थिक कार्य सम्मेलनमा झनै ध्यानाकर्षित भएको देखिन्छ।

उक्त आर्थिक कार्य सम्मेलनले देशभित्र र बाहिरको अवस्था बमोजिम कूल आर्थिक अवस्थाको विस्तृत, समष्टिगत र गहन रुपमा विश्लेषण र अनुसन्धान गरेको छ। यसका अतिरिक्त वैदेशिक खुलापन निरन्तर रुपमा अझ ठूलो परिधि, अझ फराकिलो क्षेत्र र अझ गहन रुपमा विकसित हुँदै जाने कुरामा पनि उक्त सम्मेलनले जोड दिएको छ।

जानकारी तथा लेखहरु