फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थव्यवस्थामा स्थिर रुपमा विकासको गतिमा

(GMT+08:00) 2019-12-16 18:33:50

आज १६ तारिख चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनका अनुसार चालु वर्षको अघिल्ला एघार महिनामा चीनको अर्थतन्त्र स्थिर रुपमा विकसित हुँदै आएको छ। वर्तमान आर्थिक परिस्थितिबारे जटिल र गम्भीर अन्तर्राष्ट्रिय वातावरणमा पनि चिनियाँ अर्थव्यवस्थामा ठूलो निश्चित शक्ति र क्षमता रहेको छ।

चीनमा रोजगारीको अवस्था स्थिर छ। चालु वर्षको अघिल्ला एघार महिनामा, देशभरि एक करोड सत्ताईस लाख नब्बे हजार नयाँ रोजगारी सिर्जना भएको छ र चालु वर्षको लक्षित कार्यहरूको ११६.३ प्रतिशत पूरा भएको छ।

चीनको विदेशी व्यापार पनि स्थिर छ। चालु वर्षको अघिल्ला एघार महिनामा चीनको आयात र निर्यातको कूल रकम गत वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले बृद्धि भएको छ। तीमध्ये आशियान मुलुकहरु बीचको आयात निर्यातको कूल रकम १२.७ प्रतिशतले बृद्धि भएको छ। बीआरआईमा आवद्ध मुलुक बीचको आयात निर्यातको कूल रकम ९.९ प्रतिशतले बृद्धि भएको छ।

चीनको आर्थिक संरचना सुधार कार्य जारी छ। चीनको आर्थिक बृद्धिलाई घरेलु मागको भूमिका निरन्तर बृद्धि भइरहेको छ। चीनको औद्योगिक संरचना सुधार पनि जारी छ र नयाँ विकास शक्ति देखा पर्ने कार्य पनि जारी छ।

यस वर्षदेखि चीनले ठूला कर र शुल्क घटाउने उपायहरू कार्यान्वयन गरेको छ। पूरै वर्षको लागि कुल कर र शुल्क कटौती बीस खर्ब युआन भन्दा बढी हुनेछ। चीनले व्यापार वातावरण सुधार गर्ने र व्यापार सुविधाको उपायहरुलाई बढाउने काम गरिरहेको छ।

पछिल्लो आर्थिक तथ्याङ्कका अनुसार स्थिर रुपमा विकास भएको चीनको अर्थव्यवस्थामा अपेक्षित लक्ष्यहरू प्राप्त गर्नका लागि सर्तहरू रहेका छन्।

जानकारी तथा लेखहरु