चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १७ तारिख शुक्रबार म्यान्मारको दुई दिने राजकीय भ्रमण सुरु गर्नु भएको छ। यो नयाँ वर्षमा उहाँको पहिलो विदेश भ्रमण हो। अनि १९ वर्षपछि चीनका राष्ट्राध्यक्षको पहिलो म्यान्मार भ्रमण पनि हो। यसअघि राष्ट्राध्यक्ष सीले म्यान्मारका मुख्य सञ्चार माध्यमहरूमा लेख प्रकाशन गरी आपसी राजनीतिक विश्वास, व्यावहारिक सहयोग, साँस्कृतिक आदानप्रदान आदि क्षेत्रबाट दुई देशको मैत्रिपूर्ण सहयोगात्मक सम्बन्धको प्रशंसा गर्नुभएको छ। उहाँले यस भ्रमणबाट चीन र म्यान्मार बीचको अझ घनिष्ट भाग्य समूदायको निर्माणलाई अघि बढाउने आशा गर्नुभएको छ। लेखमा राष्ट्राध्यक्ष सीले नयाँ युगमा चीन र म्यान्मारको सम्बन्धको विकास गर्न चार प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
पहिलो, रणनीतिक आदानप्रदानलाई सबल पारेर द्विपक्षीय सम्बन्धको नयाँ योजना बनाउनुपर्छ। दोस्रो, आर्थिक तथा व्यापारिक आदानप्रदानलाई गहन पारेर पारस्परिक हितकर सहयोगमा नयाँ शक्ति थप्नुपर्छ। तेस्रो, आपसी आदानप्रदान तथा सिकाइलाई सबल पारेर मित्रतामा नयाँ विषय थप्नुपर्छ।
र चौथो, साथ तथा समन्वयलाई बढाएर क्षेत्र तथा विश्वको शान्ति तथा स्थिरताका लागि नयाँ परिस्थितिको सिर्जना गर्नुपर्छ।
विभिन्न क्षेत्रमा सहयोगको गहन पारिनुका साथै नयाँ युगमा चीन र म्यान्मारको सम्बन्धले दुई देशका जलतालाई अझ बढी फाइदा पुर्याउने र क्षेत्रीय शान्ति तथा विकास र मानव भाग्य समुदायको निर्माणमा सकारात्मक शक्ति थप्ने विश्वास छ।