फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको "सन् २०२० वसन्त चाडको सांगितिक गाला"को भव्य प्रसारण

(GMT+08:00) 2020-01-25 00:02:42

जनवरी २४ तारिख चीनको परम्परागत वसन्त चाडको पूर्वसन्ध्या हो। यसै राति ५-जी र चालक रहित वायुयान लगायतका विविध सिर्जनशील तरिका सहितको "सन् २०२० वसन्त चाडको सांगितिक गाला" भव्यताका साथ देखाइनुका साथै विश्वका दर्शकहरूलाई विज्ञान, प्रविधि र संस्कृति मिल्दोजुल्दो भएको श्रव्यदृश्यको विशाल भोज उपलब्ध गराइएको छ।

चाइना मिडिया ग्रुपले बनाएको सो वसन्त चाडको सांगितिक गाला जम्मा २सय ६०मिनेटसम्मको छ। त्यसमा गीत, नाच, जादू र नाटक आदि कार्यक्रमहरू समावेश छन्। सो गालाले युगको मुख्य विषय र सामाजिक ध्यानाकर्षणको विषय बमोजिम नातेदार र जन्मस्थलको घनिष्ट भावनाको अभिव्यक्तिमार्फत जनता र मातृभूमिको गुणगान र शुभकामना पनि दिएको छ। त्यसमा सपनालाई साकार तुल्याउने र सुखको प्रार्थना गर्ने भावना पनि भरिपूर्ण देखिन्छ। लोक गीत र आधुनिक नाच लगायतका प्रशस्त मनोरञ्जनात्मक कार्यक्रम पनि दर्शकसमक्ष तयार पारिएको छ। सन् २०२० वसन्त चाडको सांगितिक गालाका कार्यक्रमहरु प्रसारणअघि निमोनियाको प्रतिरोध सम्बन्धी एउटा नयाँ कार्यक्रम "माया भनेको पूल हो" भन्ने थपिएको छ। त्यसमा चिनियाँ जनता एकतावद्ध भएर सरुवा रोगको प्रतिरोध, गरिबी निवारणको निर्णायक अवधिमा विजय प्राप्त गर्ने विश्वास र सर्वतोमुखी सम्पन्न समाजको संयुक्त उपभोग लगायत विषयहरुमा केन्द्रित छन्।

चालु वर्षको सांगितिक गालाको मञ्चमा पहिलो पल्ट तीन तलाको सुन्दर नाच स्थल खडा गरिएको छ। यसबाहेक, "उड्ने पर्दा" भन्ने आधुनिक प्रविधिद्वारा ३ सय ६० डिग्रीमा घुम्न सकिने दृश्यको पनि सिर्जना गरेको छ। जसबाट दर्शकहरूले आफ्नो पर्दा अगाडि प्रत्यक्ष रुपमा आँखाले ३-डीको आनन्द अनुभव गर्न सक्नेछन्। यसका अतिरिक्त, रोबर्ट र चालक रहित वायुयानद्वारा कार्यक्रमको रेकर्ड र निर्माण गरिएकाले पहिलो पल्ट भिआरको प्रत्यक्ष प्रसारण लक्ष्यलाई पनि साकार तुल्याइएको छ। के भन्नसकिन्छ भने विविध सिर्जनशील प्रविधिबाट चालु वर्षको वसन्त चाडको सांगितिक गालामा वैज्ञानिक र प्राविधिक तत्वहरू भरिपूर्ण देखिन्छन्।

सन् २०२० वसन्त चाडको सांगितिक गालाले पैचिङ मुख्य स्थलका अतिरिक्त, ह नान प्रान्तको चङ चौ र क्वाङ तुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्र ती दुईवटा शाखा स्थलको सदुपयोग गर्दै मुख्यत: नयाँ चीन स्थापनाको ७० वर्षयता प्राप्त उल्लेखनीय उपलब्धि, सन् २०२० सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण, गरिबी निवारण तथा कठिन अवस्थाबाट मुक्त हुने आदि विषय बमोजिम सारा देशका विभिन्न जातिका जनताहरूले पाएको सुख, उपभोग, सुरक्षा र गौरव लगायतका अनुभव बोकेर सांगितिक गालाको मञ्चमा रमाइलो, खुसीयाली र सौभाग्यमय वातावरण अभिव्यक्त गर्नेछ।

चालु वर्ष चाइना मिडिया ग्रुपले "वसन्त चाडको सांगितिक गाला सन् २०२०" शीर्षकको प्रत्यक्ष चलचित्र प्रसारण गर्ने योजना गरेको छ। अमेरिका, बेलायत, जापान, रुस, ब्राजिल, सिंगापूर, संयुक्त अरब इमिरेट्स, मलेसिया, थाइल्याण्ड र लाओसका १ सय ७०भन्दा बढी मुलुक र क्षेत्रका ५ सयभन्दा बढी मिडिया र २० भन्दा बढी मुलुक तथा क्षेत्रका सिनेमा घरले पनि वसन्त चाडको सांगितिक गाला र अन्य प्रत्यक्ष चलचित्रको प्रसारण गर्ने योजना छ।

गत १९८३देखि शुरु भएको वसन्त चाडको सांगितिक गाला चीनको राष्ट्रिय टेलिभिजन स्टेशनले परम्परागत वसन्त चाडको स्वागतका लागि ‌पूर्वसन्ध्यामा प्रस्तुत गर्ने एउटा विशाल मनोरञ्जनात्मक सांगितिक गाला नै हो।

जानकारी तथा लेखहरु