फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ वसन्त चाडको उपलक्ष्यमा शुभकामना

(GMT+08:00) 2020-01-24 14:01:23

नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले २२ तारिख चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिंदै चिनियाँ साथीहरूलाई वसन्त चाडको शुभकामना दिनुभएको छ।

जमीन र जल जोडिएको मैत्रीपूर्ण छिमेकी राष्ट्र भएकाले नेपाली साथीहरूले चिनियाँ वसन्त चाडको रमाइलो र खुसीयालीमय वातावरणको अनुभव गर्न सकेको कुरा पनि राष्ट्रपति भण्डारीले औँल्याउनुभएको छ।

"सन् २०२० चिनियाँ परम्परागत वसन्त चाड आउन लागेको परिप्रेक्ष्यमा म नेपाली जनता, नेपाल सरकार र स्वयम आफ्नो तर्फबाट चीनका राष्ट्राध्यक्ष, चीन सरकार र चिनियाँ जनतालाई हार्दिक शुभकामना दिन चाहन्छु" राष्ट्रपति भण्डारीले भन्नुभयो: 'चिनियाँ साथीहरूको जीवन शान्त र सुखमय होस् र चीन अझ समृद्ध र सम्पन्न होस् भन्ने मेरो शुभेच्छा रहेको छ।'

उक्त अन्तर्वार्ताको क्रममा चाइना मिडिया ग्रुपका सम्वाददाताको निमन्त्रणामा राष्ट्रपति भण्डारीले बितेका केही वर्षयता वसन्त चाडको सांगितिक गालाका मनोरञ्जनात्मक कार्यक्रमको भिडियो एलबमको पनि दृश्यावलोकन गर्नुभयो। उहाँले सांगितिक गालाको रमाइलो वातावरण, अभिनेता-अभिनेत्रीको उच्चस्तरीय अभिनय र उच्च विज्ञान-प्रविधि सहित श्रव्यदृश्यको उच्च प्रशंसा गर्नुभएको छ।

अन्तर्वार्ता सम्पन्न भएपछि सम्वाददाताले उपहार स्वरुप राष्ट्रपति भण्डारीलाई चाइना मिडिया ग्रुपबाट बनाइएको वसन्त चाड कार्ड हस्तान्तरण गरेका छन्। त्यस कार्डमा चिनियाँ परम्परागत चित्रमार्फत गत सन् २०१९मा चीनले विज्ञान-प्रविधि, जनजीवन, कृषि, यातायात र अन्तरिक्ष लगायतका क्षेत्रमा प्राप्त उपलब्धिबारे पनि ब्याख्या गरिएको छ।

जानकारी तथा लेखहरु