फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा कोरिना भाइरस नियन्त्रण बैठकको अध्यक्षता

(GMT+08:00) 2020-01-27 14:16:00

     जनवरी छब्बीस तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका स्थायी सदस्य, प्रधानमन्त्री, कोरिना भाइरस प्रतिरोधको केन्द्रीय कार्य नेतृत्व दलका प्रमुख ली ख छ्याङले बैठकको आयोजना गरी महामारी रोकथाम तथा नियन्त्रण कार्यको थप निर्देशन दिनुभएको छ।

     बैठकले चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका समिति तथा सरकारले महामारीको गम्भीर अवस्थामा गहिरो रूपमा ध्यान दिएर जनताको जीवन सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्नुपर्ने दोहोर्‍याएको छ। बैठकले विभिन्न क्षेत्रले महामारी प्रतिरोधको कार्य नेतृत्व दलको गठन गर्नुपर्छ भने पार्टी तथा सरकारका मुख्य जिम्मेवारी नेतृत्व दलका प्रमुख हुनुपर्ने कुरा पनि आग्रह गरेको छ।

     बैठकले बिरामीको उपचारलाई बढाएर मृत्यु दरलाई सबभन्दा ठूलो मात्रामा घटाउनुपर्ने उल्लेख गरेको छ। महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी सूचनालाई समयमै खुला तथा पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ भने सूचनाको ढिलो रिपोर्ट गर्ने, लुकाउने, छुट्ने अवस्था देखिन्दा गम्भीर रूपमा उत्तरदायित्व लगाउने कुरामा बैठकले जोड दिएको छ।

जानकारी तथा लेखहरु