फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरिना भाइरस महामारीबारे बुझ्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक चीन आउँदै

(GMT+08:00) 2020-01-27 14:43:38

     विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले जनवरी २६ तारिख आफू चीनतर्फ हिँडेको बताउनु भएको छ। चीनमा कोरिना भाइरस महामारीबारे बुझ्ने र चीन सरकार तथा सम्बन्धित विशेषज्ञसँग महामारी रोकथाम र नियन्त्रण कदमबारे छलफल गर्ने उहाँले जानकारी दिनुभयो।

     २६ तारिख उहाँले सामाजिक संजालमा लेख्दै आफूले चीन सरकारका प्रतिनिधि र स्वास्थ्य विशेषज्ञसँग कोरिना भाइरस महामारीको सामना गर्नेबारे छलफल गर्ने र विश्व स्वास्थ्य संगठनको टोलीले स्थानीय पछिल्लो अवस्थाको निरीक्षण गरी चीनसँग रोकथाम तथा नियन्त्रणसम्बन्धी सहयोग बढाउने बताउनुभयो।

     विश्व स्वास्थ्य संगठनले कठिन अवस्थामा रहेका चिनियाँ जनतालाई सहयोग गर्ने प्रयास गर्नुका साथै अरू प्रभावित मुलुकसँग घनिष्ठ सम्पर्क राखेको पनि उहाँले जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनले समस्त मुलुकलाई महामारीको पछिल्लो अवस्थाबारे बुझाउनुका साथै त्यसको सामना गर्न निर्देशन दिने पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु