फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नयाँ कोरोना भाइरसबाट संक्रमितको संख्या २७४४

(GMT+08:00) 2020-01-27 15:41:29

     चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगबाट प्राप्त जानकारीअनुसार, जनवरी २५ तारिख मध्यरातको १२ बजेदेखि २६ तारिखको मध्यरातसम्म तीस प्रान्तबाट दिइएको प्रस्तावमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया संक्रमित निश्चित रोगीको संख्या ७६९ थपिनुका साथै नयाँ गम्भीर रोगी १३७ जना भएका छन्। त्यसबाहेक थपिएका मृतकको संख्या २४ (हु पै प्रान्तमा २४ जना) हुनुका साथै उपचारपछि ठीक भएर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् भने नयाँ शंकास्पदको संख्या ३८०६ पुगेको छ।

     त्यसै गरी जनवरी २६ तारिख मध्यरातसम्म तीस प्रान्तको प्रतिवेदनअनुसार राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कमा हाल कुल निश्चित रोगी २७४४ जना हुनुका साथै कुल गम्भीर रोगी ४६१ र मृतकको संख्या ८० पुगेको छ। उपचारपछि ठीक भएकाहरुको संख्या ५१ पुगेको छ भने शंकास्पद रोगीको संख्या ५७९४ पुगेको छ।

     त्यसबाहेक संक्रमितसँग नजिकैबाट सम्पर्कमा रहेकाहरुको संख्या ३२७९९ रहेको छ। सोही दिन निगरानीमा रहेका ५८३ जनालाई मुक्त गरिनुका साथै अन्य ३०४५३ जनालाई चिकित्सा निगरानीमा राखिएको छ।

     त्यसका साथै हङकङ विशेष प्रशासन क्षेत्रमा ८ जना, मकाउ विशेष प्रशासन क्षेत्रमा ५ जना र थाइवान क्षेत्रमा ४ जना संक्रमित भेटिएको जनाइएको छ।

जानकारी तथा लेखहरु