फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीस चिकित्सा टोली हु पै प्रान्तमा

(GMT+08:00) 2020-01-28 15:29:42

नयाँ कोरोना भाइरसबाट संक्रमितको संयुक्त रोकथाम तथा नियन्त्रण गर्न चीनका विभिन्न क्षेत्रका चिकित्सा टोलीहरूले हु पै प्रान्तमा सहयोग गरिरहेका छन्। जनवरी २८ तारिख बिहान एघार बजेसम्म तीसवटा चिकित्सा टोलीका ४१३० चिकित्सकहरू हु पैमा पुगिसकेका छन्। सोही दिन थप १३ चिकित्सा टोली हु पै प्रान्तमा पुग्ने जनाइनेछ। त्यसै गरी २८ तारिख रातिसम्म चीनका विभिन्न क्षेत्रबाट लगभग छ हजार जना चिकित्सकहरूले हु पै प्रान्तमा सहयोग गर्ने अनुमान छ।

सोही दिन आयोजित चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा आयोगअन्तर्गत चिकित्सा प्रशासन व्यूरोका उपप्रमुख च्याउ याह्वीले उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु