फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी नियन्त्रण गर्ने चीनलाई संयुक्त राष्ट्र संघद्वारा समर्थन

(GMT+08:00) 2020-01-28 16:16:27

संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले जनवरी २७ तारिख संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटेरेससँग भेट गरी चीनले नयाँ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने अवस्था र कार्यबारे जानकारी दिनुभएको छ।

चाङ च्युनले चीन सरकारले महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा उच्च ध्यान दिएको भन्दै राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण निर्देशन दिनुभएको उल्लेख गर्नुभयो। उहाँले चीनले जनताको हितमा केन्द्रित भई राष्ट्रिय रोकथाम तथा नियन्त्रण प्रणालीको स्थापना गरेर खुला तथा पारदर्शी र वैज्ञानिक सहयोग अनुभवको आधारमा अन्तर्राष्ट्रिय समूहसँग सहयोग गरेको जानकारी दिनुभयो। हाल महामारी रोकथाम तथा नियन्त्रण महत्वपूर्ण अवस्थामा छ भने त्यसलाई पराजित गर्ने चीनको क्षमता र विश्वास रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

गुटेरेसले यस महत्वपूर्ण अवस्थामा संयुक्त राष्ट्र संघले चीन सरकार र जनतालाई दृढ समर्थन दिने व्यक्त गर्नुभयो। संयुक्त राष्ट्र संघले चीनले गरेको प्रयासप्रति प्रशंसा गरेको छ भने महामारी रोकथाम तथा नियन्त्रण गर्ने चीनको क्षमतामाथि सम्पूर्ण विश्वास लिएको छ साथै चीनलाई सकेसम्म समर्थन र सहयोग दिने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु