फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री र विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकबीच वार्ता

(GMT+08:00) 2020-01-28 16:40:04

चिनियाँ राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले जनवरी २८ तारिख पैचिङमा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोभ घेब्रेयेसुससँग भेट-वार्ता गर्नुभएको छ।

उहानमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया भएदेखि चीनले सबैभन्दा छोटो समयमा रोगको पहिचान गरी विश्व स्वास्थ्य संगठन तथा अरू देशहरूसँग भाइरसको पूर्ण जीन अनुक्रम जानकारी बाँडेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र चीन सरकारले यस महामारीको रोकथाम तथा नियन्त्रणमाथि उच्च महत्व दिँदै महामीको प्रसारलाई रोक्नका लागि सकेसम्म प्रभावकारी कदम चालेको छ। चीनको दक्षता र प्रभावकारी कदमप्रति महाप्रबन्धक टेड्रोसले संमान व्यक्त गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय जगतले चीन सरकारको कदममाथि उच्च प्रशंसा गर्नुका साथै महामारीको रोकथामका लागि चीनले धेरै प्रयास गर्न धन्यवाद गरेका छन्। विश्व स्वास्थ्य संगठनले चीनसँग सहयोगलाई सबल पारी चीनको मागअनुसार सक्दो प्रयासमा आवश्यक समर्थन गर्ने इच्छा राखेको छ।

महाप्रबन्धक टेड्रोसका अनुसार, केही देशले चीनबाट स्वदेशी नागरिक फिर्ता लाने आशा व्यक्त गरेको अवस्थामा विश्व स्वास्थ्य संगठनले ध्यान दिनुका साथै समर्थन गर्दैन। वर्तमान परिस्थितिमा शान्तलाई कायम राख्नुपर्छ। विश्व स्वास्थ्य संगठनले चीन सरकारको क्षमताप्रति विश्वास गरेको छ।

विश्व स्वास्थ्य संगठनले वस्तुगत तथा निष्पक्ष अडान लिएर चीनका कदममाथि सकारात्मक मूल्याङ्कन गरेकोमा चीनले प्रशंसा गरेको मन्त्री वाङ यीले बताउनुभयो। मन्त्री वाङका अनुसार, सो अवधिमा महाप्रबन्धले चीनको भ्रमण गरेर चीनलाई समर्थन व्यक्त गर्नुका साथै चीन र विश्व स्वास्थ्य संगठनको सहयोगको प्रवर्द्धनलाई पनि शक्ति थपेको छ। यो भ्रमणद्वारा महाप्रबन्धकले महामारीको विरोध गर्न चीन सरकार र जनताको दृढ अठोट तथा विचारको अनुभव गर्ने विश्वास छ।

चीनले खुला तथा स्पष्ट धारणा लिएर विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय जगतसँग निरन्तर रूपमा सहयोगलाई सबल पारी अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य कार्यमा प्रयास गर्ने इच्छा राखेको मन्त्री वाङले बताउनुभयो।

जानकारी तथा लेखहरु