फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीसम्बन्धी सार्वजनिक सुरक्षा मन्त्रालयको निर्देशन

(GMT+08:00) 2020-01-29 18:31:24

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले जनवरी २८ तारिख राष्ट्रिय सार्वजनिक सुरक्षा एकाइको भिडियो बैठकको आयोजना गरी महामारी रोकथाम तथा नियन्त्रण गर्न महासचिव सी चिन फिङको महत्वपूर्ण निर्देशन पालन गरी त्यसबारे अरू तयार तथा निर्देशन गरेको छ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको एकीकृत निर्देशनबमोजिम स्थानीय पार्टी समिति र सरकारको नेतृत्वमा आकस्मिक कार्य प्रणालीको तत्काल सुरू गरी स्वास्थ्य विभागलाई सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेको छ।

बैठकले पर्याप्त प्रहरी खटाएर विभिन्न यातायात सञ्जालमा व्यवस्थापन मिलाउन पनि निर्देशन दिएको छ। महामारी नै चेतावनी हो भन्ने विचार लिएर महामारीको रोकथाम तथा नियन्त्रण र सुरक्षाको संरक्षणलगायत विभिन्न कदमलाई व्यवहारमा उतार्ने काम गर्नुपर्ने बैठकले दोहोर्‍याएको छ।

जानकारी तथा लेखहरु