फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा कोरोना भाइरस संक्रमणको महामारी सम्बन्धी केन्द्रीय नेतृत्व समूहको बैठकको अध्यक्षता

(GMT+08:00) 2020-01-30 14:01:08
हिजो जनवरी २९ तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङले नयाँ कोरोना भाइरस संक्रमणको महामारी सम्बन्धी केन्द्रीय नेतृत्व समूहको बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा वर्तमान रोकथाम र नियन्त्रण प्रयासहरू वृद्धि गरिरहेको तर महामारी अझै फैलिरहेको भन्दै केही क्षेत्रहरूमा द्रुत गतिमा वृद्धिदर देखिएको जनाउनुभयो। बैठकमा विभिन्न तहका सरकारहरूले महामारीको फैलावट रोक्न थप वैज्ञानिक र सावधानीपूर्वक कदम चाल्नु पर्ने पनि उहाँले निर्देशन दिनुभयो।

बैठकले हु पै प्रान्त र उहान शहरमा महामारीको रोकथाम र नियन्त्रण कार्यलाई अझ सुदृढ बनाइने निर्णय गर्दै बिरामीहरूको पूर्ण उपचार गर्ने र मृत्युदर घटाउने प्रयास गर्ने कुरामा जोड दिएको छ। देशभरि फैलिएको महामारीको रोकथामका लागि सचेत उपायहरू अवलम्बन गर्नुपर्ने र महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धी समयमै र पारदर्शी जानकारी जारी गरिनु पर्दछ।

बैठकले थप प्रभावकारी रूपमा दैनिक आवश्यकताहरूको सामान्य आपूर्तिलाई सुनिश्चित गर्ने, बजार मूल्य स्थिर बनाउने लगायतका बहु उपायहरू लिएको छ।

बैठकले वसन्त चाडपछि फर्केका कर्मचारीहरूको महामारीको रोकथाम र नियन्त्रणको राम्रो काम गर्न र प्रभावकारी विदेशी पर्यटक फर्केका समस्यालाई ठीक तरिकाले समाधान गर्न आवश्यक रहेको निर्णय गरेको छ।

जानकारी तथा लेखहरु