फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

४ करोड इन्टरनेट प्रयोगकर्ताद्वारा चीनको तीब्र गतिको कार्यको अवलोकन

(GMT+08:00) 2020-01-30 14:01:37

नयाँ कोरोना भाइरस संक्रमणको महामारीले राष्ट्रिय ध्यान आकर्षित गरेको छ। उहानको हो शन शान अस्पताल र लै शन शान अस्पताल तुरुन्तै निर्माण सुरु गरिएको छ र २४ घण्टे निर्माण कार्य भइरहेको छ। अस्पताल निर्माण कार्य तीब्र गतिमा भइरहेका बेला घरमै महामारीको बारेमा चिन्तित नागरिकहरूले पनि नयाँ कामको रुपमा "इन्टरनेट निरीक्षक" गरिरहेका छन्।

केन्द्रीय भिडियोको मल्टि-च्यानल "उहान अस्पताल" को प्रत्यक्ष प्रसारण मार्फत लाखौं इन्टरनेट प्रयोगकर्ताहरूले चीनको तीबर गतिको कामलाई अनलाइनबाट हेरेका छन्। जनवरी २९ तारिख मध्य राति बाह्र बजेरसम्म लगभग ४ करोड इन्टरनेट प्रयोगकर्ताहरूले अनलाइनमा "उहान अस्पताल" को निर्माण सम्बन्धी प्रत्यक्ष प्रसारण हेरेका छन्।

इन्टरनेट प्रयोगकर्ताहरूले प्रत्यक्ष रुपमा हेर्दै टिप्पणीहरू निरन्तर व्यक्त गरेका छन्। कुनै जानकारी र उद्घोषण विना प्रस्तुत गरिएको उक्त प्रत्यक्ष प्रसारणमा इन्टरनेट प्रयोगकर्ताहरूले निर्माणकर्ताहरूको प्रशंसा गर्दै तातो उत्साहमा प्रोत्साहन दिएका छन्।

जानकारी तथा लेखहरु