फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनको महानिर्देशकद्वारा महामारी नियन्त्रणमा चीनको प्रयासको प्रशंसा

(GMT+08:00) 2020-01-30 16:20:53

जनवरी २९ तारिख राति, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रेयेसुस चीनबाट जेनेभा फर्कनु भएको छ। उहाँले सबै देशका पत्रकारहरुलाई नयाँ कोरोना भाइरस संक्रमणको महामारीको नयाँ परिस्थितिबारे जानकारी दिनुभयो। उहाँले चीनको राष्ट्रिय सुरक्षा उपायहरूको पुष्टि र मूल्यांकन पनि गर्नुभयो।

पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोसले वर्तमान समयमा नयाँ कोरोना भाइरस संक्रमणको कारण संक्रमितहरुको संख्या 6 हजार भन्दा बढी पुष्टि भएको र विश्वव्यापी १६ वटा देशहरूमा पुष्टि भइसकेको जानकारी दिनुभयो। वर्तमान अवस्थाको आधारमा उहाँले नयाँ कोरोनाभाइरस महामारीले अन्तर्राष्ट्रिय चिन्ता जन्माएको भन्दै आपतकालीन सार्वजनिक स्वास्थ्य गठन गरिने निर्णय भएको र बिहीबार फेरि आकस्मिक बैठक बस्ने जानकारी दिनुभयो। उहाँले वर्तमान समयमा चीनले गम्भीर सावधानी अपनाएको भन्दै चीनलाई यसका लागि अझ बढी सोध्न नसकिने विचार व्यक्त गर्नुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङसँगको वार्तालापमा उहाँ धेरै उत्साहित भएका बताउनुभयो। राष्ट्राध्यक्ष सीले महामारीको बारेमा विस्तृत समझदारी व्यक्त गर्नु भएको उहाँले बताउनुभयो।

टेड्रोसले महामारी नियन्त्रण गर्न चीनको प्रयासलाई पूर्णरुपले स्वीकार गरेको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु