फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिन निङ बस्ती-गरिबी निवारण क्षेत्रमा चीनको पूर्व र पश्चिमबीचको सहयोगको नयाँ मोडेल

(GMT+08:00) 2020-01-31 13:37:09

निङ स्या व्है जातीय स्वायत्त प्रदेशको यिन छ्वान शहरको युङ निङ जिल्लाको मिन निङ बस्ती बालुवाबाट फैलिएको सुख्खा बलौटे बगरबाट परिवर्तन भएर हालको आधुनिक पर्यावरणीय बस्ती बनेको छ। मिन निङ बस्ती गरिबी निवारण क्षेत्रमा चीनको पूर्व र पश्चिबीचको सहयोगको नयाँ मोडेल बनेको छ।

हिउँद ऋतुमा बाहिर निकै जाडो हुन्छ। मिन निङ बस्तीको युआन लुङ गाउँका वासिन्दा हाई को पाउको घरमा भने निकै न्यानो छ।

"फूल फुलाउन मन पर्छ?"

"हजुर, यहाँको जीवन राम्रो बनेको छ, धनी बनेको छ। व्यक्तिको राम्रो मुड छ। घरमा फूल फुलेर हावापानी राम्रो छ।"

मिन निङ बस्ती पहेंलो नदीको किनारमा पर्दछ। यो बस्तीका साठी हजार जना मानिसहरू निङ स्याको ल्यौ फान शान पहाडी क्षेत्रका छ वटा राष्ट्रिय स्तरीय गरिब गाउँबाट सारेका वासिन्दा हुन्। सन् १९९६ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पूर्व र पश्चिमबीच सहयोग गरिने रणनीति प्रस्तुत गरेको थियो। फु च्यान प्रान्तले निङ स्यालाई सहायता दिने निश्चित गरेको थियो।

सन् १९९७ अगष्ट महिनामा फु निङ गाउँका वासिन्दा स्य सिङ छाङले बाह्र परिवारका सदस्यहरूलाई सँगै लिएर चार सय किलोमिटरसम्मको बाटो पार गरी पुरानो मिन निङ बस्ती गएका थिए। उनीहरू मिन निङ बस्तीमा सारिएका पहिलो खेपका वासिन्दा हुन्। उनीहरूको मेहनती हातद्वारा नयाँ थातथलोको निर्माण गरेका छन्। स्थानीय सरकारले पानी, बिजुली, सडकलगायतको आधारभूत प्रबन्धको निर्माण गरेको थियो। विकासको गति स्य सिङ छाङको अनुमानभन्दा छिटो भएको छ। स्य सिङ छाङ भन्छन्

"यहाँ आएको तीन, पाँच वर्षपछि शिशु विद्यालय, प्राथमिक विद्यालय, माध्यमिक विद्यालयको स्थापना गरियो। जन्मथलोमा हुँदा म प्राथमिक विद्यालय जान पाँच किलोमिटर हिँड्ने गरेको थिएँ, माध्यमिक विद्यालय जान बीस किलोमिटर हिँड्थेँ। यहाँ अस्पताल, चिकित्सा घरको पनि निर्माण गरियो। यहाँ सारेपछि सरकारी नीति पनि राम्रो छ।"

फु निङ गाउँका वासिन्दा सु यु लेनले सिँहावलोकन गरेअनुसार, मिन निङ बस्तीमा सरेपछि स्थानीय सरकारले किसानका लागि हरित गृहको निर्माण गरेको थियो। वासिन्दाले हरित गृहमा च्याउ रोपेका छन्, उनीहरूको आम्दानीमा पनि वृद्धि भएको छ। फु च्यान प्रान्तका विशेषज्ञहरूले त्यहाँ आएर उनीहरूलाई प्रविधि सिकाएका छन्।

रकम, परियोजना, विशेषज्ञ, प्रविधि, शिक्षा, चिकित्सा क्षेत्रमा फु च्यान प्रान्तले मिन निङ बस्तीलाई धेरै सहायता दिएको छ।

विभिन्न पक्षको साझा प्रयास र समर्थनमा मिन निङ बस्तीले "विशेष रोपाइँ, पालन, फोटोभोल्टिक, पर्यटन, श्रम" गरी पाँच वटा टेवा व्यवसायको विकास गरेको छ। किसानको प्रति व्यक्ति आम्दानी मिन निङ बस्तीमा सार्दाखेरि शुरुको पाँच सय चिनियाँ युआनबाट बढेर सन् २०१९ मा चौध हजार चिनियाँ युआन पुगेको छ, जुन २८ गुणाले वृद्धि भएको छ। मिन निङ बस्तीको जनसंख्या शुरुको आठ हजारबाट बढेर हाल ६६ हजार पुगेको छ। सन् २०१९ को अन्त्यसम्म मिन निङ बस्तीका छ वटा गाउँ सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्। गरिबी दर शुरुको ९० प्रतिशतभन्दा बढीबाट घटेर हालको ०.२ प्रतिशतमा झरेको छ। निङ स्या व्है जातीय स्वायत्त प्रदेशको गरिबी निवारण कार्यालयका प्रमुख ल्याङ चि यु भन्नुहुन्छ

"मिन निङ बस्ती "सुख्खा बलौटे बगर"बाट परिवर्तन भएर हालको "सुनौलो बलौटे बगर"बनेको अनुभव सिक्नसक्ने मोडेल हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा र समाजवाद व्यवस्थामा मात्र गरिब क्षेत्रहरूमा परिवर्तन हुनसक्ने छ, सर्वप्रथम धनी भएका व्यक्तिले गरिब व्यक्तिलाई मद्दत दिए मात्र संयुक्त रुपमा धनी बनाउने लक्ष्य साकार तुल्याउनसकिने छ।"

जानकारी तथा लेखहरु