फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न चीन सक्षम रहेको चिनियाँ परराष्ट्रमन्त्रालयको भनाइ

(GMT+08:00) 2020-01-31 14:37:32
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रेयेसुसले नयाँ कोरोना भाइरस संक्रमणको महामारीले "अन्तर्राष्ट्रिय चिन्ता सार्वजनिक स्वास्थ्य आपतकाल" गठन गरेको घोषणा गर्नुभएको छ। केहि पत्रकारले यसबारेमा चीनको विचार के हो भनी प्रश्न गरेका छन्।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले जनवरी ३१ तारिख नयाँ कोरोना भाइरस संक्रमणको महामारी भएदेखि चीन सरकारले जनताको स्वास्थ्यका लागि अत्यन्त जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै भन्दै सबैभन्दा व्यापक र कडा रोकथाम र नियन्त्रणका उपायहरू अपनाएको बताउनु भयो। उहाँले धेरै उपायहरु अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरु अनुसार रहेको भन्दै आवश्यकताहरु त्यसभन्दा बढी रहेको र चीनले यो महामारीका बिरूद्ध लडाई जित्ने क्षमता राखेको बताउनुभयो।

प्रवक्ता ह्वा छुङ यिङका अनुसार चीनले खुला, पारदर्शी र जिम्मेवार रूपमा महामारीको अवस्थाका बारेमा सम्बन्धित पक्षहरूलाई तुरुन्तै सूचित गरेको र भाइरल जीन अनुक्रमका बारेमा साझेदारी गरेको छ। उहाँले विश्व स्वास्थ्य संगठन लगायत धेरै देशहरूले यसलाई पूर्ण रूपमा पुष्टि र उच्च मूल्याङ्कन गरेको औँल्याउनुभयो।

प्रवक्ता ह्वा छुङ यिङले चीनले विश्व स्वस्थ्य संगठनसँग घनिष्ट सञ्चार र राम्रो सहयोग जारी राख्दै विश्व स्वस्थ्य संगठनका विज्ञहरुले उ हानमा सर्वेक्षण गरिरहेको बताउनुभयो। महानिर्देशक टेड्रोसले केही दिनअघि चीनको भ्रमण गर्नुभएको छ र महामारी रोकथाम र नियन्त्रणमा चीनसँग पूर्ण आदानप्रदान गर्नुर्ने बताउनु भएको प्रवक्ता ह्वाले उल्लेख गर्नुभयो। प्रवक्ता ह्वाले चीनले विश्व स्वास्थ्य संगठन र अन्यदेशहरूसँग-सँगै विश्वव्यापी र क्षेत्रीय जनस्वास्थ्य सुरक्षालाई संयुक्त रूपमा सुरक्षा गर्न जारी राख्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु