फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसको प्रतिरोधमा चिनियाँ कदमको विदेशी नेताहरुद्वारा सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2020-01-31 14:38:18

हाल केही दिनयता अझ बढी विदेशी नेताहरु र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुले पत्र लेख्दै अथवा अन्य तरिकामार्फत चीनद्वारा कोरोना भाइरसको प्रतिरोधमा गरिएको प्रयासलाई सक्रिय मूल्याङ्कन र समर्थन गरेका छन्।

क्युवाको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव राउल मोदेस्टो क्यास्ट्रो रुज र राष्ट्राध्यक्ष मिगुल दिअज कानेल बेर्मुडेजले चीनले तुरुन्तै तथा सक्तिशाली कदम चालेर कोरोना भाइरस नियन्त्रणमा काम गरेको भन्दै चिनियाँ मित्रको क्षमता र बुद्धिमानप्रति अझ बढी विश्वास लिएका बताउनु भएको छ। चीनले पहिलेका प्रशस्त अनुभवबमोजिम यस महामारीलाई पराजित गर्न सक्नेछ र क्युबाले चिनियाँ साथीलाई सकेसम्म समर्थन दिने पनि उहाँहरुको सन्देशमा उल्लेख छ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकले भियतनामका जनताले चिनियाँहरुका सामु देखापरेको कठिनाइलाई निकै ध्यान दिएको बताउनु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँहरुले यस महामारीको प्रतिरोधका लागि विशाल प्रयास गरेको र क्षेत्रीय तथा विश्वव्यापी जनताको स्वस्थको संरक्षणका लागि योगदान सिर्जना गरेको उहाँले उल्लेख गर्नु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले चाँडै यस महामारीलाई पराजित गर्ने आफूले विश्वास लिएको पनि उहाँले औँल्याउनु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महामारीको प्रतिरोध तथा नियन्त्रण गर्ने चिनियाँ प्रयासलाई अमेरिकाले प्रशंसा गरेको बताउनु भएको छ। अमेरिकाले यस महामारीको प्रतिरोधका लागि चीनसँग घनिष्ट सम्पर्क राख्दै गएको उहाँले उल्लेख गर्नु भएको छ।

संयुक्त राष्ट्र संघीय महासचिव आन्टोलिओ गुटेरेसका अनुसार संयुक्त राष्ट्र संघले चीन सरकार र चिनियाँहरुको पक्षमा उभिएर चीनसमक्ष सकेसम्म समर्थन र सहयोग प्रदान गर्ने आशा गरेको बताउनु भएको छ।

जानकारी तथा लेखहरु