फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा कोरोना संक्रमण रोकथाममा अनुसन्धानको निरीक्षण

(GMT+08:00) 2020-01-31 15:37:31
चीनका प्रधानमन्त्री एवं नयाँ कोरोनाभाइरस संक्रमण महामारीका लागि चिनियाँ केन्द्रीय नेतृत्व समूहका प्रमुख ली ख छ्याङले हिजो जनवरी ३० तारिख चिनियाँ रोग नियन्त्रण केन्द्रमा नयाँ कोरोनाभाइरस संक्रमण महामारीको रोकथाम र नियन्त्रणको वैज्ञानिक अनुसन्धानलाई निरीक्षण गर्नुभयो।

प्रधानमन्त्री लीले चिनियाँ रोग नियन्त्रण केन्द्रको भाइरस संस्थानको प्रयोगशालामा निरीक्षण गर्नुभयो। वैज्ञानिक अनुसन्धान टोलीका प्रमुखले जनवरी ७ तारिख नयाँ कोरोनाभाइरसलाई नमूनाबाट पृथक गरेको र भाइरसको सम्पूर्ण जीन अनुक्रम पत्ता लगाएर समयमै संसारमा सबैका सामु जानकारी खुलासा गरेको जानकारी दिनुभयो।

प्रधानमन्त्री लीले वर्तमान महामारीको स्थिति र त्यसपछिको प्रवृत्तिमा रोगीको उपचार र वैज्ञानिक रोकथाम र नियन्त्रणलाई अझ मजबुत बनाउँदै राष्ट्रिय स्वास्थ्य आयोगको नयाँ कोरोनाभाइरस संक्रमणको निमोनियाको उपचार र रोकथामका लागि उच्चस्तरीय विज्ञ समूहका नेता चोङ नान शान जस्ता विज्ञ तथा चिकित्सकहरूको राय र सुझाव सुन्नुभयो।

प्रधानमन्त्री लीले नयाँ कोरोनाभाइरसको निमोनिया फैलिएपछि महामारी नियन्त्रण गर्न खटेका अधिकांश चिकित्सा र स्वास्थ्यकर्मीहरूले घाइतेलाई उद्धार गर्नुका साथै जनताको जीवन र स्वास्थ्यको सुरक्षामा ठूलो योगदान दिएका बताउनुभयो।

उहाँले हालको महामारी स्थिति जटिल र गम्भीर रहेको भन्दै विज्ञहरूले महामारीको स्थितिको विश्लेषण र फैसलालाई सुदृढ पार्न र समय समयमा अनुगमन गर्दै महामारीको फैलावटलाई नियन्त्रणको लागि पेशेवर सहयोग प्रदान गर्न र रोकथामको वैज्ञानिक प्रकृतिमा सुधार गर्न जारी राख्ने बताउनुभयो।

जानकारी तथा लेखहरु