फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग महामारीलाई पराजित गर्ने सम्पूर्ण विश्वास र क्षमता

(GMT+08:00) 2020-01-31 15:38:57

जनवरी ३१ तारिख बिहान विश्व स्वस्थ संगठनका महाप्रबन्धक टेड्रोस अधानोभ घेब्रेयेसुसले कोरोना भाइरसको महामारी अवस्थालाई"अन्तर्राष्ट्रिय आकस्मिक सार्वजनिक स्वस्थ घटना"को रुपमा राखेको घोषणा गर्नुभएको छ। साथै उहाँले चीनका लागि पर्यटकीय तथा व्यापारिक सीमितता नचलाउन पनि सुझाव दिनुभएको छ।

चिनियाँ स्वास्थ्य परिषदले जनवरी ३१ तारिख जनाएअनुसार चीन सरकारले कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण कामलाई निकै जोड दिँदै सबैभन्दा गम्भीर कदम चलाएको छ। यस महामारीलाई पराजित गर्ने चीनसँग सम्पूर्ण विश्वास तथा क्षमता रहेको छ। अन्तर्राष्ट्रिय समाजले चीनको प्रयासलाई बुझेर समर्थन दिनसक्ने आशा छ।

यसअघि महाप्रबन्धक टेड्रोसले अन्तर्राष्ट्रिय स्वास्थ्य नियम सम्बद्ध आकस्मिक घटना परिषद बैठकको आयोजना गर्नुभएको थियो। सो बैठकमा चिनियाँ विशेषज्ञहरुले पछिल्लो महामारी अवस्था र त्यससम्बन्धी विभिन्न प्रतिरोध तथा नियन्त्रण कदमको जानकारी दिएका छन्। महाप्रबन्धक टेड्रोसले चीनको यस प्रयासलाई उच्च प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार चीनद्वारा चलाइएको धेरैजसो प्रतिरोध तथा नियन्त्रण कदमहरु आकस्मिक घटनाको सामना गर्ने मागभन्दा धेरै बढी देखिन्छ।

जानकारी तथा लेखहरु