फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसको संक्रमणको तथ्याङ्क त्यति डरलाग्दो नभएको विशेषज्ञको भनाइ

(GMT+08:00) 2020-01-31 17:03:43

चीनमा नयाँ कोरोना भाइरस संक्रमणमहामारी पुष्टि भएपछि जनवरी २७,२८ र २९ तारिखमा क्रमशः १७७१, १४५९ र १७३७ व्यक्तिमा संक्रमण भएको छ। चिनियाँ रोग नियन्त्रण केन्द्रको महामारी शाखाका प्रमुख विशेषज्ञ वु चुन यऔले जनवरी ३० तारिख राति बताउनु भए अनुसार उल्लिखित तथ्याङ्कबाट डराउनु नपर्ने र तीन दिनको तथ्याङ्क शुरुवाती चरणमा रहेको बताउनु भएको छ।

वु चुन यऔका अनुसार चीनको हु पै प्रान्तको उहान र अन्य भागहरूमा प्रारम्भिक चरणमा बिरामीहरूको ठूलो संख्या रहेको र चिकित्सा क्षमता कमजोर रहेका कारण धेरै बिरामीहरूको उपचार हुन नसकेको औँल्याउनुभयो। समयमै जानकारी पनि प्राप्त नभएकाले शुरुका दिनमा जम्मा भएका अधिक बिरामीहरूमा संक्रमण भएको पुष्टि पछिल्लो समय मात्र भएको बताउनुभयो।

जानकारी तथा लेखहरु