फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा नयाँ कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि केन्द्रीय समूहको बैठकको अध्यक्षता

(GMT+08:00) 2020-02-01 15:22:50

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य एवं चीनका प्रधानमन्त्री तथा नयाँ कोरोनाभाइरस संक्रमण महामारी रोकथामका लागि चिनियाँ केन्द्रीय नेतृत्व समूहका प्रमुख ली ख छ्याङले हिजो जनवरी ३१ तारिखका दिन चिनियाँ केन्द्रीय नेतृत्व समूहको बैठकको अध्यक्षता गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समिति सदस्य एवं नयाँ कोरोनाभाइरस संक्रमण महामारीका लागि चिनियाँ केन्द्रीय नेतृत्व समूहका उप प्रमुख वाङ हु निङ यस पटकको बैठकमा सहभागी हुनुभएको छ।

बैठकले वसन्त चाडको बिदा समाप्त हुँदै गरेको र फर्केका कर्मचारीहरूमा महामारी व्यवस्थित रूपमा नियन्त्रण गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको जनाएको छ। प्रथमतः वर्गीकरण गरी मार्गदर्शन गर्ने र अलग्गै बस्ने कार्यको कार्यान्वयन गर्नुपर्दछ। दोस्रो, यातायात सुरक्षामा प्रत्याभूति गर्नु गर्दछ। तेस्रो, यातायातको समयमा महामारी स्थिति रोक्न र नियन्त्रण गर्नुपर्दछ। चौथो, मुख्य क्षेत्रहरूमा कर्मचारीहरूको गतिशीलताको रोकथाम र नियन्त्रणलाई सुदृढ पार्नुपर्दछ। पाँचौं, प्रान्तीय पार्टी समिति र सरकारहरूले संगठनात्मक नेतृत्वमा राम्रो काम गर्नुपर्दछ र तल्लो तहको क्षेत्रीय व्यवस्थापनको भूमिका खेल्नुपर्छ। यातायात र महामारी रोकथाम जस्ता प्रत्येक कार्यका लागि विशेष कर्मचारी जिम्मेवार बनाउनुपर्दछ।

जानकारी तथा लेखहरु