फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-02-01 16:24:18

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघीय अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा शक्तिशाली रुपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको छ। वर्तमान महत्वपूर्ण काम भनेको महामारी संक्रमणको प्रतिरोध गर्दै बिरामीका लागि राम्रो उपचार गर्नु हो। चीन सरकार र चिनियाँहरुले उक्त महामारीलाई पराजित गर्ने विश्वास,अठोट र क्षमता लिएका छन्। चीनले सकेसम्म महामारीको प्रतिरोध गरिरहेका चिकित्सा व्यक्तिका लागि सबै आवश्यक चिकित्सा सामग्री बन्दोवस्त गरिहरेको छ। साथै चीनले वाणिज्य माध्यमले युरोपेली संघका सदस्य मुलुकबाट चिकित्सा सामग्रीको खरिद गर्नेमा युरोपेली संघले आवश्यक सुविधा प्रदान गर्नसक्ने आशा चीनले गरेको छ।

अध्यक्ष उर्सुलाका अनुसार युरोपेली संघले चीनद्वारा यस महामारीको प्रतिरोधका लागि लागू गरिएको कदमको सम्मान गर्दै सक्दो प्रयासमा चीनलाई सहायता प्रदान गर्नेछ।

  

जानकारी तथा लेखहरु