साढे तीन वर्ष लामो रस्साकस्सीपछि बेलायत अन्ततः औपचारिक रूपमा जनवरी ३१ तारिख राति ११ बजे युरोपेली संघबाट बाहिरिएको छ।
बेलायती प्रधानमन्त्री कोरिस जोनसनले यस घटनालाई "नयाँ युग खुल्ने" भनेर घोषणा गर्नु भएको छ। तर बेलायत-युरोपेली सम्बन्ध र भौगोलिक राजनीतिक परिवर्तनको छिमेकी मुलुकहरुमा धेरै अनिश्चितताहरू अझै पनि बाँकी रहेका छन्
सन् १९७३ मा बेलायत युरोपेली समुदायमा प्रवेश गरेको थियो। बीबीसीले युरोपेली संघको इतिहासमा पहिलो पटक बेलायत बाहिर निस्किएको मुलुक भएको भन्दै युरोपमा सबैभन्दा महत्वपूर्ण भूराजनीतिक परिवर्तन रहेको टिप्पणी गरेको छ। जर्मन चान्सलर एन्जेला मार्केलले "ब्रेक्सिट"लाई "जर्मनी र युरोपेली संघको गहिरो चोट" भन्नुभएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले जनवरी ३१ तारिख चेतावनी दिँदै गर्दै बेलायतको बहिर्गमन युरोपेली संघको लागि एक धक्का र "ऐतिहासिक सतर्कता" रहेको बताउनु भएको छ। उहाँले युरोपियनहरुलाई अझ बढी सक्षम युरोपेली संघ निर्माण गर्न यस घटनाले हौसला प्रदान गर्नुपर्दछ र सुधारलाई बढाउन जरुरी रहेकोमा जोड दिनुभयो।
बेलायतको बहिर्गमनले युरोपेली संघलाई सबै पक्षहरूको हित पुनः समायोजन गर्दछ। एकातिर, बेलायत र युरोप बीचको व्यापार लागत भविष्यमा अनिवार्य रूपमा बढ्नेछ भने अर्कातिर बेलायतबाट बाहिर निस्केपछि यूरोपीय संघले प्रतिवर्ष १० अर्ब युरो कोष जोड्नुपर्नेछ।
अवश्य पनि, युरोपेली संघको बिदाइको क्षण बेलायतका लागि सबै कुराको महत्व होइन। बेलायतको फाइनान्सियल टाइम्स पत्रिकाले "ब्रेक्जिट लक्ष्य हासिल गर्नु कडा परिश्रमको सुरुवात मात्र भएको" लेखेको छ।