फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बृहत डाटा विश्लेषण अनुसार उहान पुगेका "प्रतिगामी" हरु

(GMT+08:00) 2020-02-02 14:48:38
नयाँ कोरोनाभाइरस संक्रमण महामारीको सामना गर्न हु पै प्रान्त र उहान शहरले जनवरी २३ तारिख बिहान १० बजेदेखि जनवरी २९ तारिख मध्यरातसम्मका लागि रेलवे सेवा तथा विमानस्थल तथा अन्य यातायाताका साधनलाई अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। तथ्याङ्कका अनुसार यस समयमा अन्य प्रान्तहरू तथा शहरहरूबाट उहान पुग्ने व्यक्तिको संख्या बढ्दो छ। यस अवधिमा लगभग एक लाख २३ हजार ८ सय व्यक्ति उहान पुगेका छन्। त्यहाँ प्रवेश गरेका चिकित्सा टोलीका सदस्यहरू बाहेक बाँकी ९७ प्रतिशत को थिए? तिनीहरू के गर्दै छन्?

चिनियाँ राष्ट्रिय सूचना केन्द्रको बृहत डाटा विश्लेषणले देखाउँदछ भने अहिलेसम्म उहान पुगेका ती "प्रतिगामी"हरूको एउटा साझा विशेषता छ। उनीहरूसँग थप चिकित्सा सामग्री उत्पादन स्रोतहरू छन्। उहानलाई सहयोग पुर्‍याउन अन्य प्रान्तहरूबाट चिकित्सा स्रोत ढुवानी पनि शक्तिशाली आपतकालीन उपाय भएको छ।

चिनियाँ राष्ट्रिय सूचना केन्द्रले लगभग १० करोड नेटवर्क डाटाको विश्लेषण गरेको छ। पेशाका अनुसार "प्रतिगामी व्यक्तिहरू"मा चिकित्साकर्मी, महामारी रोकथाम विशेषज्ञ, रसद चालक र सेना रहेका छन् भने निर्माण श्रमिक पाँचौं स्थानमा रहेका छन्।

जानकारी तथा लेखहरु