फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसले चिनियाँ अर्थतन्त्रलाई दीर्घकालीन असर नपुर्‍याउने

(GMT+08:00) 2020-02-02 15:04:50

गत डिसेम्बरदेखि चीनको हुपेइ प्रान्तको उहानबाट फैलिएको नयाँ कोरोना भाइरसका कारण चीनका सबै प्रान्त र सहरहरुले पहिलो चरणको आकस्मिक सेवा स्वास्थ्य सेवा सुरु गरेका छन्। चीनले हुपेइ प्रान्तलाई शिल्ड गरेर कोरोना भाइरसको महामारी रोकथामका कामहरु गरिरहेको छ। चीनले कोरोना भाइरसको कसरी नियन्त्रण गर्न सक्छ? कोरोना भाइरसको संक्रमणले चीनको अर्थतन्त्रमा तत्कालीन र दीर्घकालीन कस्तो असर बनाउँछ?र अन्तर्राष्ट्रिय समुदायले यो संकटमा केकस्तो साझेदारी गर्न सक्छ?भन्ने प्रश्नमा शाङहाईको अन्तर्राष्ट्रिय अध्ययन संस्थाले एक प्रतिवेदन जारी गरेको छ।

सो प्रतिवेदन अनुसार कोरोना भाइरसले चीनको अर्थतन्त्रमा तत्कालीन अवस्थामा नकारात्मक असर पार्ने देखिन्छ। तत्कालीन अवस्थामा नकारात्मक असर परे पनि दीर्घकालका लागि चीनसँग यथेष्ट श्रोत र सामर्थ भएकाले चिनियाँ अर्थतन्त्रले यसलाई धान्न सक्ने उक्त प्रतिवेदनमा विज्ञहरुले बताएको उल्लेख गरिएको छ।

वर्तमान अवस्थामा चीन विश्वअर्थतन्त्रको मुख्य इन्जिन भएकाले चीनमा पर्ने आर्थिक प्रभावले विश्वलाई पनि प्रभाव पार्न सक्ने भएको उल्लेख गर्दै वर्तमान चिनियाँ नेतृत्वले यो संकटको सामान गर्नका लागि प्रभावकारी काम सुरु गरिसकेको प्रतिवेदनले औँल्याएको छ।

सन् १९६० मा स्थापना भएको शाङहाईको अन्तर्राष्ट्रिय अध्ययन संस्था चिनियाँ सरकारी स्वामित्वमा रहेको उच्चस्तरीय थिङ्कट्याङ्क हो। यसले विशेष गरी राजनीतिक,आर्थिक,सामाजिक,वैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय सुरक्षाका क्षेत्रमा अनुसन्धान तथा खोज गर्ने काम गर्दछ। सन् २००६ मा यो चीनको उच्च दसभित्र परेको थिङ्कट्याङ्क थियो भने सन् २००८ मा विश्वमै उच्च दसभित्र परेको थियो।

1  2  3  4  5  6  7  8  9  10  11  12  
जानकारी तथा लेखहरु