फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीले चीनको बित्त बजारमा सिर्जना गरेको प्रभाव छिटै सकिने

(GMT+08:00) 2020-02-02 15:27:04

कोरोना भाइरसको महामारी अवस्थाले चीनको बित्त बजारमा सिर्जना गरेको प्रभाव अवश्य नै छोटो समय तथा अस्थायी हुनेछ। चीनको बैंकिङ र बीमा नियामक आयोगका उपाध्यक्ष छाउ युले हिजो फेब्रुअरी १ तारिख उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार महामारी सुरुभएदेखि चीनको बैंकिङ र विमा संस्थाले तुरुन्तै गतिविधि गराउँदै महामारीको नियन्त्रण तथा प्रतिरोधमा बैकिङ सेवा तथा प्रत्याभूति सम्बद्ध विभिन्न काम राम्ररी गरिरहेको छ।

अपूर्ण तथ्याङ्क अनुसार जनवरी ३१ तारिखसम्म सारा देशका बैंकिंग र बीमा संस्था तथा उद्योग संघले १.४ अर्ब चिनियाँ युआनको सहयोग गरेका छन्। बीमा संस्थाले महामारी अवस्थाको प्रतिरोध तथा नियन्त्रण काममा कार्यरत फ्रन्टलाइन व्यक्तिलाई बीमा प्रदान गर्नुका साथै महामारीको प्रतिरोध सम्बन्धी पूँजी हस्तान्तरण व्यवसायलाई शक्तिशाली प्रत्याभूति प्रदान गर्दछ।

उपाध्याक्ष छाउका अनुसार दीर्घकालीन तथा द्दढ सुधार तथा खुलापन र निगरानी तथा व्यवस्थापनको विकासमा हाल केही वर्षयता चिनियाँ बित्तीय संस्था र बित्त बजारको लचिलोपन स्पष्ट बलियो बन्दै गएको छ भने नकारात्मक प्रभावको प्रतिरोध क्षमता ठूलो परिमाणमा बढेको देखिन्छ। हाल बैंकिङ तथा बीमा संस्थाले बित्त बजारका लागि पूँजीको आपूर्तिलाई कायम राखिरहेको छ।

  

जानकारी तथा लेखहरु