फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको अवसरमा महामारीको प्रतिरोध गर्न ई-वाणिज्य र कुरियरको महत्वपूर्ण भूमिका

(GMT+08:00) 2020-02-03 15:03:21

विगतका वर्षहरूमा वसन्त चाडको अवधिमा कुरियरमार्फत् कारोबार त्यति हुने गर्दैन्थ्यो। अफसिजन मानिन्थ्यो। तर यस वसन्त चाडमा नयाँ कोरोनाभाइरसको प्रतिरोध गर्न यस्ता विभिन्न कुरियर संस्थाहरूले छिटै ढुवानी सेवा सुरू गरेको छ। यी संस्थाहरूले ढुवानी खुला गरेर ऊ हानलगायत केन्द्रिय क्षेत्रमा आपत्कालिन उद्धार, आपूर्ति र आधारभूत जीवनको आपूर्तिको प्रत्याभूति दिएका छन्।

फेब्रुअरी २ तारिखसम्म चाइना पोष्टले ३२ हजार हुलाकवाहन र ५ हुलाक जहाजद्वारा मास्क तथा औषधिलगायत ४९ हजार बक्सका सामानहरूको ढुवानी गरेको छ। ३ तारिख आयोजित चिनियाँ राज्य परिषद्को पत्रकार सम्मेलनले उक्त जानकारी दिएको हो।

त्यसका साथै बजारको आपूर्तिमा चीनका ११ मुख्य ई-वाणिज्य संस्थाले पनि विशेष भूमिका खेलेका छन्। ती संस्थाहरूले विश्व आपूर्ति श्रृंखला स्रोतको प्रयोग गरी विश्वव्यापी रूपमा मास्क, सुरक्षात्मक कपडा, चश्माआदि आवश्यक सरसामान किन्नुका साथै आपूर्ति उद्योगसँगको सहयोगलाई पनि सबल पारेका छन्।

त्यसबाहेक ई-वाणिज्यले सम्पर्करहित वितरणको सिर्जना गरी संक्रमणको जोखिमलाई कम पारेको छ।

जानकारी तथा लेखहरु