|
|
|
|||||||||
|
||

दश दिनमा निर्माण सम्पन्न गरी चीनको ऊ हानस्थित ह्वो शन सान नयाँ कोरोनाभाइरस अस्पतालले सोमबार ३ तारिखदेखि उपचार कार्य सुरू गरेको छ। चिनियाँ सेनाबाट छानिएका १४०० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उक्त अस्पतालमा उपचार कार्य वहन गरेका छन्।

उक्त ह्वो शन सान अस्पतालमा कुल १००० वटा शैय्या छन्। उक्त अस्पतालले मुख्यतः नयाँ कोरोनाभाइरसबाट संक्रमित निश्चित रोगीको उपचार गर्ने छ।

जनवरी २३ तारिखबाट ह्वो शन सान अस्पताल तथा लै शन सान अस्पतालको निर्माण सुरू भएदेखि विश्वको नजर आकर्षित गरेको थियो। चीनका विभिन्न क्षेत्रबाट आएका लगभग ७००० जना निर्माण कामदारहरूले "चिनियाँ गति" मार्फत् ह्वो शन सान अस्पतालको निर्माण पूरा गरेका छन्। यसपछि यी निर्माण कामदारहरूले अर्को लै शन सान अस्पतालको निर्माणमा खट्नेछन्। फेब्रुअरी २ तारिखसम्म लै शन सान अस्पतालको ६५ प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ र फेब्रुअरी ५ तारिखमा निर्माण सम्पन्न भइ उपचार कार्य थाल्ने छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||