फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु पै प्रान्तमा चिकित्सा आपूर्तिको अभाव खुकुलो

(GMT+08:00) 2020-02-03 15:45:55

उद्यमको पुनःउत्पादन र अन्तर्राष्ट्रिय खरिद आदि कदमद्वारा हु पै प्रान्तमा चिकित्सा आपूर्तिको अभावको अवस्थालाई खुकुलो पारिएको जानकारी चिनियाँ उद्योग र सूचना प्रविधि मन्त्रालयका मुख्य ईन्जिनियर थ्यान यु लुङले दिनुभएको छ।

३ तारिख उहाँले दिनुभएको जानकारी अनुसार, हु पै प्रान्त चिनियाँ चिकित्सा आपूर्तिको महत्पूर्ण उत्पादन आधार हो। हाल चिकित्सा सुरक्षात्मक कपडा, चश्मालगायत चिकित्सा आपूर्तिको पुनःउत्पादन क्रमशः बढ्दैआएको छ।

विभिन्न विभागहरूले राष्ट्रिय मुख्य चिकित्सा आपूर्तिको प्रत्याभूति तथा वितरण मञ्चको स्थापना गरेर विभिन्न सामानको उत्पादन तथा ढुवानी सूचीबारे संकलन, विश्लेषण, निगरानी तथा विवरण राखेका छन्। त्यसका साथै सरकारले विशेष गरी अन्तर्राष्ट्रिय क्षेत्रबाट खरिद पनि गरेको छ। धेरै उद्यमहरूले अन्तर्राष्ट्रिय खरिद तथा चन्दास्वरूप धेरै देशबाट चिकित्सा आपूर्ति पाएको छ।

जानकारी तथा लेखहरु