फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसबाट चीनको अर्थतन्त्रमा पर्ने असर अस्थायी

(GMT+08:00) 2020-02-03 16:48:50

कोरोना भाइरसबाट चीनको अर्थतन्त्रमा पारिने असरको परिधि नै भाइरसको नियन्त्रण तथा प्रतिरोध कार्यको विकास तथा प्रभावमा निर्भर रहनेछ। यस किसिमको असर चरणवद्ध र अस्थायी भएकोले चीनको अर्थतन्त्रको दीर्घकालीन अवस्थामा परिवर्तन हुँदैन। चीन राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख ल्यान वैल्याङले फेब्रुअरी ३ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँले अगाडि भन्नुभयोः 'कोरोना भाइरसको नियन्त्रण तथा प्रतिरोध कदमको अक्षरशः कार्यान्वयनको पूर्वार्धमा सम्बन्धित चिकित्सा संस्थाको उर्जाको आपूर्ति, यातायात तथा ढुवानी, शहरी संचालनको प्रत्याभूति दिइरहेको छ।' चिकित्सा सामग्री तथा दैनिक जीवनको आवश्यक सामग्रीको उत्पादन, जनजीवनसँग घनिष्ट सम्बन्ध भएका सामग्रीको उत्पादन, महत्वपूर्ण तथा ठूला परियोजना सम्बन्धि उद्यमको उत्पादन पुनः शुरू गर्न गतिशीलता दिइरहेको पनि उहाँले बताउनुभयो। यसका साथै भाइरसबाट पारिने असरलाई न्यून गर्न नीतिगत कदमहरू विशेष गरी भाइरसबाट गम्भीर प्रभावित उद्योग तथा व्यवसायहरूको समर्थन कदम तर्जुमा गरिरहेको छ। हालसम्म सम्बद्ध विभागहरूले यसै क्षेत्रमा नीतिगत समर्थनका कदम लागू गरिसकेका छन् र थप कदमहरू लागू हुँदै जानेछन्।

जानकारी तथा लेखहरु