फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले यहाँ रहेका विदेशीको प्रभावकारी रूपमा उचित ख्याल राख्दै जाने

(GMT+08:00) 2020-02-03 19:13:51

कोरोना भाइरस फैलिएयता, चीनले चीनमा रहेका विदेशी विशेष गरी हुपै प्रान्तीय वुहान शहरमा रहेका विभिन्न मुलुकका नागरिकको ज्यानको सुरक्षा तथा शारीरिक स्वास्थ्यमा उच्च महत्व दिँदै प्रभावकारी कदम चालेर उनीहरूको उचित ख्याल र माँगलाई पूरा गर्न कोशिस गरिरहेको छ। उक्त जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले फेब्रुअरी ३ तारिख आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

यस युद्धलाई जित्ने विश्वास चीनसँग छ र चीनले खुलस्त तथा पारदर्शी र जिम्मेवारी रूपमा अन्तर्राष्ट्रिय समाजसँग सहयोगलाई सबल पारेर चिनियाँ नागरिक तथा चीनमा रहेका विदेशीहरूको सुरक्षा तथा शारीरिक स्वास्थ्यको संरक्षण गर्दै जाने पनि प्रवक्ता ह्वाले गर्नुभएको छ।

उहाँले जानकारी दिए अनुसार, हु पै प्रान्तले त्यहाँ रहेका विदेशीहरूको लागि २४ घण्टै चल्ने हटलाइन ०२७-८७१२२२५६ खोलेको छ र आधिकारिक वेभसाइट एवम् वीछ्याटमा अंग्रेजी, फ्रान्सेली, जर्मन, रूसी, जापानी, कोरियन, स्पेनिश लगायत बहुभाषिक सूचना पठाइएको छ। साथै चीनको रोग नियन्त्रण तथा प्रतिरोध केन्द्रले 'कोरोना भाइरस सम्बन्धि सूचना' सार्वजनिक गरेर अंग्रेजी लगायत ६ किसिमका भाषाको संस्करण पनि प्रकाशित गरिएको छ।

फेब्रुअरी २ तारिखसम्म चीनमा रहेका १६ जना विदेशीलाई कोरोना भाइरस लागेको छ र ती मध्येका २ जना निको भएर अस्पतालबाट निस्किसकेका छन्। अन्य १४ जनाको अवस्था स्थिर रहेको छ। चीनले चालेको सम्बद्ध कदमहरू विश्व स्वास्थ्य संगठनले दिएको प्रस्तावभन्दा बढी भएकोले चीनमा रहेका विदेशीलाई चिन्तित हुनु नपर्ने पनि प्रवक्ता ह्वाले गर्नुभयो।

जानकारी तथा लेखहरु