फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चीनको कोरोना महामारीबारे कठोर प्रतिक्रिया जनाएको र अतिरञ्जित गरेको चीनको ठहर

(GMT+08:00) 2020-02-03 19:14:43

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले फेब्रुअरी तीन तारिख पहिलो पटक इन्टर्नेट पत्रकार सम्मेलनमा अमेरिकाले चीनको कोरोना भाइरस संक्रमणको महामारीबारे कठोर प्रतिक्रिया जनाएको र आवश्यकताभन्दा बढी चासो राखेको जुन विश्व स्वास्थ्य संगठनको निर्णय विपरीत भएको कुरा बताउनुभएको छ।

प्राप्त समाचार जनाइएअनुसार, हाल केही मुलुकहरूले चिनियाँ नागरिकको प्रवेशका लागि सीमितताका कदम चालेका र अमेरिकाले पनि चीन घुम्नका लागि उच्च जोखिमस्तर उकासेको बताउनुभयो। यस्तै फेब्रुअरी दुई तारिखदेखि विगत चौध दिनभित्र घुम्न चीन भित्रिएका सबै विदेशीहरूलाई अमेरिकामा प्रवेश गर्न अस्थायी रुपमा निषेध गरेकोबारे प्रवक्ता व्हा छुन यिङले सम्बन्धित महामारीबारे प्रायजसो मुलुकहरूले चीनको महामारीको प्रतिरोध कदमको प्रशंसा र समर्थन दिएको कुरा बताउनुभयो।

प्रवक्ता व्हाले अमेरिकी सरकारले हालसम्म चीनलाई कुनै पनि वस्तुगत मद्दत नदिएको, तर अमेरिकाले सर्वप्रथम वुहानबाट अमेरिकाको महा वाणिज्य दूतावासका व्यक्तिहरूलाई फिर्ता लिएको कुरा बताउनुभयो। उहाँले सम्बन्धित मुलुकले यस पटकको महामारीको विवेकपूर्ण, धैर्य र वैज्ञानिक रुपमा सामना गर्नसक्ने आशा चीनले लिएको भन्दै चीनले खुलस्त, पारदर्शी र जिम्मेवार धारणाका साथ विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजसँग सहयोग गर्ने मनसाय लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु