फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजले विवेकपूर्ण रुपमा र धैर्यताका साथ चीनको महामारीबारे जानकारी लिनसक्ने चीनको परराष्ट्र मन्त्रालयको आशा

(GMT+08:00) 2020-02-03 19:15:12

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले तीन तारिख पैचिङमा अन्तर्राष्ट्रिय समाजले विवेकपूर्ण रुपमा र धै‍र्यताका साथ हाल चीनमा भएको महामारीबारे जानकारी लिनसक्ने, उक्त महामारीको वैज्ञानिक र उचित रुपमा सामना गर्नसक्ने आशा चीनले लिएको कुरा बताउनुभएको छ। व्हाले चीनले खुलस्त, पारदर्शी र जिम्मेवार रूपमा विभिन्न मुलुकसँग सहयोग गर्ने, चिनियाँ जनताको सुरक्षा र स्वास्थ्यको राम्रोसँग संरक्षण गर्ने, क्षेत्रीय तथा विश्वको सार्वजनिक सुरक्षाको स्वास्थ्यका लागि योगदान दिने मनसाय लिएको कुरा बताउनुभयो।

व्हाकाअनुसार, फेब्रुअरी दुई तारिख मध्यान्हसम्म दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, कजाकिस्तान, हंगेरी, इरान, बेलारुस, इन्डोनेशियालगायतका एघार वटा मुलुक र संयुक्त राष्ट्र संघीय बालबालिका कोषले चन्दास्वरुप चीनलाई प्रदान गरेको सामग्री चीनमा पठाइसकेको छ। यसबाहेक, केही मुलुकको विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरूले पनि विभिन्न तरिकामार्फत चीनको समर्थन दिएका छन्। चीनले ती मुलुकहरू र अन्तर्राष्ट्रिय संगठनप्रति कृतज्ञाता ज्ञापन व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु