फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान नागरिक उड्ययन पुनः संचालनमा

(GMT+08:00) 2020-02-04 17:37:02

फेब्रुअरी ३ तारिख ५७ जना पाकिस्तानी यात्रु तथा १२ जना चिनियाँ यात्रुवाहक चाइना साउदर्न सी जेड ६००७ विमान इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जाफार मिर्जा तथा पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङ्यीले विमानस्थलमा ती यात्रुहरूको स्वागत गर्नुभयो। चीनको परम्परागत वसन्त चाडको कारणले अवरोध भएको नागरिक उड्ययन सेवा पुनः संचालनमा आएको हो।

सबै यात्रुहरू आवश्यक स्वास्थ्य निगरानी र जाँच एवम् यात्रा विवरणबारे सोधपुछ गरिएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जाफार मिर्जाले आफ्नो ट्वीटर खातामा जनाउनुभएको छ। पाकिस्तानी राष्ट्रपति अरिफ अल्भिले मिर्जाको सो ट्वीट लाइक गर्दै अन्तर्राष्ट्रिय नियम बमोजिम पाकिस्तानले यात्रुहरूको स्वास्थ्यको बारेमा जाँच र दर्ता गरेको जसबाट यात्रुहरू लगायत सबै पाकिस्तानीहरूको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति दिइएको धारणा व्यक्त गर्नुभएको छ। पाकिस्तानले जिम्मेवारीपूर्वक प्रकोपमा सहयोगको भावना लिएको साथै तर्कसहित वस्तुगत रूपमा काम गर्ने र पाकिस्तानले भाइरसको प्रतिरोध क्षेत्रमा चीनले गरिरहेको प्रयासको दृढ समर्थन दिँदै जाने पनि पाकिस्तानी राष्ट्रपति अल्भिले प्रकाश पार्नुभयो।

जानकारी तथा लेखहरु