फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरस नियन्त्रण कदमहरूबाट सम्पूर्ण विश्वका जनताको संरक्षण गरिरहेको भन्ने थिंकट्यांकको प्रतिवेदन

(GMT+08:00) 2020-02-04 19:05:31

हालै हाङहाइ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानालयले 'चीनले गरिरहेको कोरोना भाइरस प्रतिरोधः विकास तथा प्रभाव' प्रतिवेदन सार्वजनिक गरेको छ। चीन सरकारले वुहानमा कोरोना भाइरसको नियन्त्रण गरेको तथा फैलावट जोगाउनको लागि क्वारेन्टाइन लागू गरेको अभूतपूर्व आपतकालीन सार्वजनिक स्वास्थ्य कदमबाटै चीन एउटा ठूलो जिम्मेवार मुलुक हो भन्ने प्रष्ट्याइएको सो प्रतिवेदनमा जनाइएको छ। ती कदमहरूबाट चिनियाँ नागरिक लगायत सम्पूर्ण विश्वका जनताहरूको संरक्षण गरिरहको सो प्रतिवेदनमा औंल्याइएको छ।

भाइरसबाट चीनको अर्थतन्त्रमा पारिने असरबारेमा सेवारत, उत्पादन तथा व्यापार भन्ने तीन वटा क्षेत्रका केही व्यवसायमा प्रत्यक्ष प्रभाव ल्याइने सम्भावना भएतापनि दीर्घकालीन रूपमा चीन विश्वको दोस्रो ठूलो आर्थिक एकाइ भएकोले उपभोग क्षमता, शहरीकरण, ५ जी. तथा ए.आइ. भन्ने नयाँ आर्थिक क्षेत्रमा चीनको निहित शक्ति भाइरसको कारण विलिन नहुने सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

विश्वव्यापीकरणको युगमा कोरोना भाइरसको विकास र फैलावटबाट विश्वभरि प्रभाव ल्याउनु स्वाभाविकै हो। अन्तर्राष्ट्रिय समाजले सम्बद्ध सूचनामूलक अवस्थामा सुधार गर्दै भाइरसको नियन्त्रण सम्बन्धि आदानप्रदानलाई सबल पार्नुपर्छ भन्ने प्रस्ताव सो प्रतिवेदनमा दिइएको छ। विभिन्न मुलुकबीचको आदानप्रदानलाई रोकथाममा बाधा नपुर्याई यस भाइरसलाई विभिन्न मुलुकका जनताबीचको सहयोग अझ घनिष्ट पार्ने माध्यमको रूपमा अपनाउनुपर्छ।

जानकारी तथा लेखहरु