फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ इन्टरनेटप्रयोगकर्ताद्वारा उ हानस्थित स्क्वायर केविन अस्पतालको निर्माणमाथि नजर

(GMT+08:00) 2020-02-06 09:48:58

 

नयाँ कोरोनाभाइरस संक्रमित हल्का बिरामीलाई उपचार गर्नका लागि उहान शहरले खेलकुद मैदान र प्रदर्शनी केन्द्रमा स्क्वायर केविन अस्पतालको निर्माण गरिरहेको छ। चाइना मिडिया ग्रुपको नयाँ मिडियाहरूमध्येको "याङ श फिन" एपले स्क्वायर केविन अस्पतालको निर्माणकार्यको प्रत्यक्ष प्रसारण गरेको छ। ५ तारिखसम्म दश करोड पटक प्रत्यक्ष प्रसारण हेरिएको छ। यसलाई "क्लाउड सुपरभाइजर" अर्थात् ईन्टरनेट पर्यवेक्षक भनिन्छ।

३ तारिखदेखि उ हान शहरले स्क्वायर केविन अस्पतालको निर्माण थालेको छ। स्क्वायर केविन अस्पतालमा हल्का बिरामीको उपचार गर्ने छ। हाल

स्क्वायर केविन अस्पताल निर्माणको संख्या १३ पुगेको छ जसबाट दश हजार शैय्या उपलब्ध हुने छ।

"याङ श फिन" एपले दिनभरि २४ घण्टा स्क्वायर केविन अस्पतालको निर्माणको प्रत्यक्ष प्रसारण गरिरहेको छ। त्यसअघि "याङ श फिन" एपले ह्वो शन शान र लै शन शान अस्पताल निर्माणको पनि प्रत्यक्ष प्रासरण गरेको थियो।

जानकारी तथा लेखहरु