फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ कोरोनाभाइरस प्रकोपको पछिल्लो अवस्था

(GMT+08:00) 2020-02-06 16:46:57

फेब्रुअरी ५ तारिख मध्यरातसम्म नयाँ कोरोनाभाइरसबाट संक्रमित निश्चित विरामीको संख्या २८०१८ पुगेको छ। मङ्गलबारको तुलनामा ३६९४ विरामीहरू बढेका छन्। शंकास्पद विरामी २४७०२ जना छन् र मङ्गलबारभन्दा ५३२८ जना बढेको छ। साथै हालसम्म कुल ११५३ जनाको सफल उपचार भइसकेको छ भने ५६३ जनाको मृत्यु भएको छ। मङ्गलबार मात्रै २६१ जनाको सफल उपचार भएको थियो।

चीनबाहेक यो महामारीबाट सङ्क्रमितको संख्या जापानमा ३५, थाइल्याण्डमा २५, सिंगापूरमा २४, दक्षिण कोरियामा २३, अष्ट्रेलियामा १४, जर्मनी, मलेसिया, र अमेरिकामा १२/१२, भियत्नाममा १०, फ्रान्समा ६, संयुक्त अरब एमिरेट्समा ५, क्यानाडामा ४, भारत तथा फिलिन्पिन्समा ३/३, इटाली, बेलायत तथा रूसमा २/२, कम्बोडिया, फिन्ल्याण्ड, श्रीलंका, नेपाल, स्वीजर्ल्याण्ड, स्पेन तथा बेल्जियममा १/१ जना छन्।

जानकारी तथा लेखहरु