फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा रहेका विदेशीहरूको सुरक्षा, स्वास्थ्य तथा जीवन ग्यारेन्टी

(GMT+08:00) 2020-02-06 19:20:13

चीनले देशभरिको श्रोत तथा शक्तिको प्रयोग गरेर सबैभन्दा कडा र भरिपूर्ण कदम चालेर कोरोना भाइरसको महामारीको प्रतिरोध गरिरहको छ। हालसम्म चीनमा रहेका विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य तथा जीवनको प्रत्याभूति गराइरहेको छ र चिनियाँ नागरिक उड्ययन सेवा पनि स्थगित हुनेछैन। उक्त जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले फेब्रुअरी ६ तारिख अनलाइनबाट पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफमा दिनुभएको हो। महामारीको सामना गर्दा विभिन्न पक्षहरूले आवश्यकताभन्दा बढी प्रतिक्रिया नजनाइ बरू एकतावद्ध भएर आपसी सहयोगको प्रवर्द्धन गर्नुपर्नेमा पनि प्रवक्ता ह्वाले जोड गर्नुभएको छ।

फेब्रुअरी छ तारिख मध्यान्हसम्म चीनमा रहेका 19 जना विदेशी नयाँ कोरोना भाइरस संक्रमित भएको निश्चित गरिएको छ। तीमध्ये 2 जनाको सफल उपचार भएको छ भने 17 जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको कुरा परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले बताउनुभयो।ह्वाका अनुसार चीनले सँधै नै चिनियाँ जनता र चीनस्थित विदेशीहरूको सुरक्षा तथा शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राख्दै उचित श्रोतसाधन प्रयोग गरेर महामारीको प्रतिरोध गरिरहेको छ।

यसका साथै उहाँले चीनले चिनियाँ नागरिकलाई हेरचाह गर्नुजस्तै चीनमा रहेका विदेशीको सुरक्षा र स्वास्थ्यलाई निरन्तर रुपमा हेरचाह गरिने बताउनुभयो।

जानकारी तथा लेखहरु