फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न ठाँउमा महामारी नियन्त्रण तथा प्रतिरोधका विविध कदम चालिँदै

(GMT+08:00) 2020-02-06 19:20:39

कोरोना भाइरस संक्रमणबाट ल्याइने प्रभावको सामना गर्न चीनका विभिन्न ठाउँहरूमा जनसाधारणको उत्पादन तथा दैनिक जीवन एवम् सुरक्षाको पूर्ण प्रत्याभूति दिनका लागि विविध कदम चालिएका छन्।

च्याङ सु प्रान्तीय याङ चौ शहरमा नागरिकहरू पसल गएर मास्क किन्दाखेरी देखापर्ने खतरालाई कम पार्न फेब्रुअरी ७ तारिखदेखि मास्क किन्न इन्टर्नेटमा अर्डर गर्नसकिने व्यवस्था गरिएको छ।

भूमिगत रेल मेट्रोको सामान्य संचालनपछि राती सफा र कीटाणुशोधन गर्नको लागि पर्याप्त समय दिने उद्देश्यले फेब्रुअरी ७ तारिखदेखि शाङहाई मेट्रोका केही रूटको संचालन समयलाई कम पारिने छ। साथै ५ तारिखदेखि मेट्रोद्वारा जानेआउने यात्रुहरू सबैले मास्क लगाउनुपर्ने नियम लगाइएको छ।

महामारीको नियन्त्रण गर्न पैचिङका अदालतले सम्बद्ध व्यक्तिहरूको सवारी तथा भेलालाई कम पार्न क्लाउडद्वारा इन्टर्नेटमार्फत् मुद्दा चलाउन थालेका छन्।

जानकारी तथा लेखहरु