फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीबाट बैठकको अध्यक्षता गरेर महामारीको रोकथाम तथा नियन्त्रण कार्यको व्यवस्था

(GMT+08:00) 2020-02-07 11:36:10

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरो स्थायी समितिका सदस्य एवम् चीनका प्रधानमन्त्री साथै नयाँ कोरोनाभाइरस संक्रमणको सामना गर्ने केन्द्रिय नेतृत्व टोलीका प्रमुख ली ख छ्याङले ६ तारिख बैठकको अध्यक्षता गर्नुभएको छ। उक्त बैठकले महासचिव सी चिनफिङको सम्बोधन तथा केन्द्रिय समिति राजनीतिक व्यूरो स्थायी समिति बैठकको आग्रहलाई व्यवहारमा उतारेर कानूनलक्षित तथा वैज्ञानिक तवरले र क्रमशः महामारीको रोकथाम तथा नियन्त्रण कार्यलाई सबल पार्ने आदेश दिएको छ।

वर्तमान अवस्थामा हु पै प्रान्त, विशेष गरी उ हान शहरमा महामारीको रोकथाम तथा नियन्त्रण सबैभन्दा महत्वपूर्ण कार्य हो। आगामी दिनमा पनि सो क्षेत्रमा उपचार क्षमताको प्रवर्द्धनका लागि अनेकन् कदम चलाउनेछ।

हु पै प्रान्तबाहेकका क्षेत्रहरूमा नयाँ निश्चित विरामीको समग्र अवस्था स्थिर हुनुका साथै मृत्यु दर कम पनि छ। सो क्षेत्रहरूले वैज्ञानिक रूपमा सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्नुका साथै दैनिक जीवन सामान्य बन्दैजाने छ र काम तथा उत्पादनहरू पनि क्रमशः अगाडि बढाउँदै लैजाने छ।

जानकारी तथा लेखहरु