फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको फोन वार्ता

(GMT+08:00) 2020-02-07 15:45:26

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ तारिख बिहान फोनवार्ता गर्नुभएको छ।

नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया महामारी यता चीन सरकार र जनताले सक्दो प्रयास गरी महामारीको प्रतिरोध गरेको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। चीनका सबै जनाले चौतर्फी तथा छिटै प्रतिक्रिया जनाउँदै सबैभन्दा चौतर्फी तथा कडा कदम चालेर महामारीको रोकथाम तथा नियन्त्रण युद्ध सुरू गरेका छन्। त्यससम्बन्धी कार्यले क्रमशः उपलब्धि हासिल गरिरहेको छ। महामारीलाई जित्ने विश्वास तथा क्षमता चीनसँग रहेको छ। चिनियाँ अर्थतन्त्र दीर्घकालमा राम्रो दिशातिर विकास गर्ने प्रवृतिमा कुनै परिवर्तन नहुने सीले प्रकट गर्नुभएको छ।

उहाँका अनुसार, चीनले चिनियाँ जनताको जीवन तथा स्वास्थ्यको सुरक्षा मात्र होइन विश्वका जनताको जीवन तथा स्वास्थ्यको सुरक्षा पनि गरेको छ। चीनले खुला, स्पष्ट तथा जिम्मेवारीबोधको भावना लिएर विश्व स्वास्थ्य संगठन र अमेरिकालगायत सम्बन्धित देश तथा क्षेत्रलाई जानकारी दिनुका साथै सम्बन्धित विशेषज्ञलाई वुहानको निरीक्षण गर्न बोलाएको छ। चीनको तीव्र तथा बलियो कदमले विश्व स्वास्थ्य संगठन तथा धेरै मुलुकबाट सक्रिय तथा उच्च मूल्यांकन गरिएको छ। चिनियाँ रोकथाम तथा नियन्त्रण कार्यबारे राष्ट्रपति ट्रम्पको सकारात्मक मूल्यांकनको प्रशंसा गर्नुका साथै अमेरिकी समाजको सहयोगबारे राष्ट्राध्यक्ष सीले धन्यावाद ज्ञापन गर्नुभएको छ। महामारी रोगको सामना गर्न विभिन्न देशहरूको साझा प्रयास चाहिन्छ। वर्तमान महामारीको रोकथाम तथा नियन्त्रण केन्द्रिय अवधिमा रहेको छ। विश्व स्वास्थ्य संगठनले धेरैपटक सबै देशसँग आवश्यकताभन्दा बढी प्रतिक्रिया नजनाउन आह्वान गरेको थियो। चीनले अमेरिकालाई महामारीबारे शान्तिपूर्ण मूल्यांकन गरेर उचित रूपमा सामनाका कदम प्रस्तुत गर्ने आशा गरेको छ। चीन र अमेरिकाले वैचारिक आदानप्रदानलाई कायम राखेर समन्वयलाई सबल पार्नुपर्छ।

अमेरिकाले सक्दो प्रयासमा चीनलाई समर्थन गरेर विशेषज्ञलाई चीनमा पठाउने र विविध तरिकाद्वारा चीनलाई सहायता दिने इच्छा राखेको राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको छ। चीनले ज्यादै छिटो समयमा विशेष उपचार अस्पतालको निर्माण गरेको छ। जसले चीनको श्रेष्ठ क्षमता देखाएर गहिरो छाप पारेको छ। राष्ट्राध्यक्ष सीको नेतृत्वमा चिनियाँ जनताले अवश्य नै महामारीमाथि विजय हासिल गर्नेछन्। चिनियाँ अर्थतन्त्रको विकासप्रति अमेरिकाले विश्वास गरेको छ।

उहाँहरूले पहिलो चरणको आर्थिक तथा व्यापारिक सन्धिको कार्यन्वयनबारे पनि वैचारिक आदानप्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु