फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका उप महासचिवद्वारा कोरोना भाइरस महामारीको प्रतिरोध गर्न चीनलाई प्रोत्साहन

(GMT+08:00) 2020-02-07 17:36:52

स्थानीय समय बमोजिम फेब्रुअरी छ तारिख संयुक्त राष्ट्र संघका उप महासचिव फाब्रिजिओ होश्चाइल्डले चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न गरेको प्रयासप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै चीन अझै अगाडि बढ्नसक्ने र यस पटकको महामारीलाई पराजित गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

उहाँले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा चिनियाँ सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिँदै यो अप्ठ्यारो अवधिमा चिनियाँ जनतासँग यस पटकको सार्वजनिक स्वास्थ्यको चुनौतीको संयुक्त रुपमा प्रतिरोध गर्ने अठोट व्यक्त गरेको कुरा बताउनुभयो।

सन् २०२० संयुक्त राष्ट्र संघको स्थापनाको ७५औं वार्षिकोत्सव भएको बताउँदै उहाँले विभिन्न मुलुकले उक्त महामारीको संयुक्त रुपमा प्रतिरोध गर्न सहयोग गरेको कुराबाट अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण अर्थ प्रमाणित गरिएको कुरा बताउनुभयो। उहाँले मिलेर सहकार्य गर्दै यस पटकको महामारीको चुनौतीलाई पराजित गर्नुपर्ने भन्दै थप्नुभयो, 'वुहान होस्टे हैंसे, चीन होस्टे हैंसे।'

जानकारी तथा लेखहरु