फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिका र थाइवान टापूभित्रका केहीलाई महामारीको नाउँमा राजनीतिक प्रचार-प्रसार रोक्न चेतावनी

(GMT+08:00) 2020-02-07 17:37:34

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले फेब्रुअरी सात तारिख अनलाइन प्रश्नको जवाफ दिँदै चीन र विश्व स्वास्थ्य संगठनबीच प्राप्त भएको व्यवस्थाले थाइवान टापू वा विश्वमा आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हुँदा थाइवान क्षेत्रलाई प्रभावकारी रुपमा सामना गर्न प्रत्याभूति गरेको कुरा बताउनुभएको छ। ह्वाले अमेरिका र थाइवान टापूभित्रका केहीलाई महामारीको नाउँमा राजनीतिक प्रचार-प्रसार रोक्न चेतावनी दिनुभएको छ।

थाइवानको सम्बन्धित विभागले छ तारिख कोरोना भाइरस संक्रमित महामारीकोबारेमा चीनको मुख्यभूमिले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको थाइवानसम्बन्धी सूचना गलत भएको दावी गर्दै मुख्यभूमिले थाइवान क्षेत्रलाई विश्व स्वास्थ्य संगठनसँग सहयोग गर्न अवरोध गरेको कुरा बताएको छ। सोही दिन संयुक्त राष्ट्र संघको जेनेभा कार्यालयस्थित अमेरिकी प्रतिनिधिले विश्व स्वास्थ्य संगठनले महामारीसम्बन्धी कारवाहीबारे थाइवानको सार्वजनिक स्वास्थ्य विभागसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने कुरा बताएको छ। यसबारे ह्वाले विश्व स्वास्थ्य संगठन सर्वभौमिक मुलुकहरूबाट गठित संयुक्त राष्ट्र संघीय अंग भएको बताउँदै विश्व स्वास्थ्य संगठनआदि अन्तर्राष्ट्रिय संगठनको कारवाहीमा थाइवान सहभागी हुने हो भने एक चीनको सिद्धान्तमा जल डमरुका दुई किनारबीचको सहमतिमार्फत निर्णय गरिनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु