फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझ निष्पक्ष रूपमा मास्क अभावको समस्या समाधान गर्ने आशा

(GMT+08:00) 2020-02-08 16:58:49

वर्तमानमा मास्क लगायत सुरक्षा उपकरणको माग तीव्र बढेका हुनाले विश्व बजारलाई अराजक पारिएको छ। विश्व स्वास्थ्य संगठनले सम्बन्धित व्यवसायसँग वार्ता गरेर अझ निष्पक्ष तथा उचित रूपमा उक्त समस्याको समाधान गर्ने आशा गरेको छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेससले ७ तारिख जेनेभामा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, सर्वप्रथम अगाडि लाइनमा कार्यरत स्वास्थ्य कर्मचारीलाई आपूर्ति गर्नुका साथै दोस्रो बिरामी तथा बिरामीलाई हेरचाह गर्ने मान्छेहरूलाई आपूर्ति गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनले उक्त महामारीको प्रसारण दर कम भएका देश तथा क्षेत्रलाई सुरक्षा उपकरण संग्रह गर्न प्रोत्साहन गर्दैन।

नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया महामारीको विश्वव्यापी रोकथाम योजना सुरू गर्नका लागि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय जगतसँग ६७ करोड ५० लाख अमेरिकी डलर संकलन गर्न आह्वान गरेको छ।

जानकारी तथा लेखहरु