फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको रोकथाम तथा नियन्त्रणमा चीनलाई संयुक्त राष्ट्र संघबाट दिइएको समर्थनप्रति धन्यवाद

(GMT+08:00) 2020-02-08 18:56:57

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतनिधि चाङ चुनले ७ तारिख राष्ट्र संघीय विकास कार्यक्रमका कार्यवाहक उपप्रमुख मुराड वहवाईसँग वार्ता गर्दै महामारीको रोकथाम तथा नियन्त्रणमा संयुक्त राष्ट्र संघबाट चीनलाई दिइएको समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।

वहवाईले चाङ चुनलाई महामारीको रोकथाम तथा नियन्त्रणबारे चिनियाँ नेतागणका लागि संघीय विकास कार्यक्रमका प्रमुख अचिम स्टेयनेरको चिट्ठी हस्तान्तरण गर्नुभएको छ। उहाँका अनुसार, राष्ट्र संघीय विकास कार्यक्रमले चीनलाई विश्वास गर्नुका साथै चिनियाँ जनतासँग सँगै भएर सक्दो प्रयासमा सहयोग तथा समन्वय गर्ने इच्छा राखेको छ।

चाङ चुनले चिनियाँ महामारीको रोकथाम तथा नियन्त्रण कार्यबारे चौतर्फी रूपमा जानकारी दिनुभएको छ। उहाँका अनुसार, महामारी भएदेखि संयुक्त राष्ट्र संघ सधैं नै चीनसँग रहेको छ। संयुक्त राष्ट्र संघका धेरैजना उच्च पदाधिकारी र विविध विभागले विभिन्न तरिकाद्वारा चीनलाई समर्थन दिएका छन्। त्यसका लागि चीनले हार्दिक धन्यवाद दिएको छ।

केही देशहले महामारीको रोकथाम तथा जाँचबुझ कदमलाई सबल पारेका छन्। चीनले त्यसलाई बुझ्नुका साथै सम्मान गरेको छ। तर केही देशहरूले महामारीको रोकथाम तथा नियन्त्रणलाई राजनीतिकरण पार्दै अल्पसंख्यकको जातिय भेदभावयुक्त धारणा राख्नुका साथै भेदभावका गतिविधि चालेका छन्। जसले मानवीय विवेक नै उल्लङ्घन गरेर कडा निन्दा गरिनुपर्ने कुरा चाङ चुनले व्यक्त गर्नुभएको छ। ।

जानकारी तथा लेखहरु