फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकका राष्ट्रनायकहरूद्वारा महामारीको प्रभावकारी प्रतिरोध गर्ने चीनको कदमको प्रशंसा

(GMT+08:00) 2020-02-08 19:04:54

हालै धेरै मुलुकका राष्ट्रनायकहरूले कोरोना भाइरस महामारीको प्रतिरोध गरिरहेका चिनियाँ जनतालाई सान्त्वना र समर्थन दिनुका साथै चिनियाँ चिकित्सकहरूको योगदानको भावनाको प्रशंसा गरेका छन्। साथै चीन सरकारले महामारीको प्रभावकारी रुपमा प्रतिरोध गर्ने कदमको प्रशंसा गरेका छन्।

बेलायती महारानी एलिजावेथ द्वितीयले फेब्रुअरी छ तारिख ड्यूक अफ योर्क राजकुमार एन्ड्रयूमार्फत बेलायतका लागि चिनियाँ राजदूत लिउ स्याउ मिङलाई चीनको महामारी प्रतिरोध सम्बन्धमा सान्त्वना तथा शुभकामना व्यक्त गर्नुभयो। राजकुमार एन्ड्रयूले सोही दिन बेलुकी राजदूतको भवनमा महारानीले चीनमा भएको कोरोना भाइरस महामारीमाथि ध्यान दिनुभएको जानकारी गराउँदै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र चिनियाँ जनतालाई सान्त्वना व्यक्त गर्नुभयो। साथै चीनले छिटो उक्त महामारी नियन्त्रणमा लिने र पराजित गर्ने शुभकामना पनि व्यक्त गर्नुभएको उहाले बताउनुभयो।

फ्रान्सका भूतपूर्व राष्ट्रपति फ्रास्वाँ होल्लान्डले ६ तारिख फ्रान्सका लागि चिनियाँ राजदूत लु शा यलाई टेलिफोन गर्दै चीन सरकार र चिनियाँ जनतालाई समर्थन र सान्त्वना व्यक्त गर्नुभयो। उहाँले चीन सरकारले सही कदम चालेको जसबाट चीनले महामारीको प्रभावकारी रुपमा प्रतिरोध गरेकोप्रति अन्तर्राष्ट्रिय समाज आशावादी भएको बताउनुभयो।

पाकिस्तानी राष्ट्रिय सभाका सभामुख असाद काइसेरले पाकिस्तानले चीनको महामारीको प्रतिरोध र नियन्त्रणको स्थितिमाथि नजर पुर्‍याइरहेको बताउँदै चीनले चाहने हो भने पाकिस्तानले मद्दत दिने कुरा बताउनुभयो।

बंगलादेशका स्वास्थ्य र परिवार हितकल्याण मन्त्री जाहिद मालिकले सिन् व्हा समाचार समितिका पत्रकारलाई अन्वार्ता दिँदै चीनले महामारीको सामना गर्नका लागि गरेको सक्दो प्रयास र प्रभावकारी कार्यको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु