फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकका राष्ट्रनायकहरूद्वारा महामारीको प्रतिरोध गर्ने चिनियाँ प्रयासको सक्रिय मूल्यांकन

(GMT+08:00) 2020-02-09 16:58:45

हालै धेरै मुलुकका राष्ट्रनायकहरूले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न चीन सरकार तथा चिनियाँ जनताको अथक प्रयासको सक्रिय मूल्यांकन गर्नुका साथै चीनलाई सहयोग तथा समर्थन गर्ने इच्छा र महामारीको रोकथाम तथा नियन्त्रण युद्धमा जित्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले महामारीको प्रभावकारी रुपमा प्रतिरोध गर्ने सरकारी कदमको प्रशंसा गरेका छन्।

स्पेनका राजा फेलिपे छैटौंले विभिन्न राजदूतका लागि आयोजित समारोहमा सम्बोधन गर्दै महामारीको प्रभावकारी सामना गर्न चीन सरकारको ज्यादै महत्वपूर्ण प्रयास तथा कदमको स्पेनले उच्च मूल्यांकन गरेको बताउनुभयो। स्पेन सरकार, जनता, आफू तथा महारानीको नाममा चिनियाँ जनतालाई सबैभन्दा सदिच्छापूर्ण समर्थन तथा सहयोग गर्ने आशा उहाँले गर्नुभएको छ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजमा स्पेनका लागि चिनियाँ कार्यवाहक राजदूत याउ फै र स्पेनमा बसोबासरत चिनियाँ संघका प्रतिनिधिहरूसँग वार्ता गर्दै संकटको सामनामा चीनको तदारूकताको प्रशंसा गर्नुका साथै चीनसँग महामारीको रोकथाम गर्न स्पेन सरकारको इच्छा व्यक्त गर्नुभयो।

टर्कीका स्वास्थ्य मन्त्री फाह्रेट्टिन कोकाले चिनियाँ सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै चीन सरकारले निकै छिटो तथा प्रभावकारी कदम चालेर महामारीको विश्वव्यापी प्रसारणलाई रोकेको भन्दै उच्च मूल्यांकन गर्नुभयो।

बंगलादेशका विदेशमन्त्री अब्दुल कलाम अब्दुल मोमेनले वर्तमान गम्भीर अवस्थाको सामना गर्ने र महामारीको अझ गम्भीरताका नियन्त्रण गर्ने क्षमता चीन सरकारसँग रहेको विश्वास गर्नुभएको छ। उहाँका अनुसार, चीनले विशेष आपतकालीन अस्पतालको निर्माण गर्ने कदम समसामयिक र प्रशंसनीय भएको छ। बंगलादेश सरकारले सक्दो प्रयासमा चीनलाई सहयोग गर्ने इच्छा राखेको छ।

त्यसबाहेक इजरेल, उज्ज्वेकिस्तान, जिम्बावेका स्वास्थ्य मन्त्री र फिलिपिन्सका उपविदेशमन्त्री लगायतले पनि महामारीको रोकथाम तथा नियन्त्रण गर्न चीन सरकार तथा चिनियाँ जनताको सक्रिय मूल्यांकन गर्नुभएको छ।

जानकारी तथा लेखहरु