फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना नियन्त्रणका लागि ११ हजार ९२१जना चिकित्सक हु पै प्रान्तमा

(GMT+08:00) 2020-02-09 17:45:09

हाल चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा विभिन्न क्षेत्र तथा विभिन्न व्यवसायले संयुक्त रोकथाम तथा नियन्त्रणमा जनतालाई केन्द्रमा राखेर महामारीको प्रतिरोध गरिरहेका छन्। हिजो ८ तारिख चीनको परम्परागत पर्व युआन स्याउ चे अर्थात् रसबरी चाड हो। तर हिजोदेखि ल्याउ निङ प्रान्तका ता ल्यान तथा चिन चौ शहरबाट एक हजारभन्दा बढी चिकित्सक र नर्सहरू परिवारबाट विदा भएर वुहान शहरस्थित लै शन शान अस्पतालमा उपचार कार्यमा सहभागी भएका छन्। चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिको तथ्यांकअनुसार, हालसम्म चीनले कुल ११ हजार ९२१जना चिकित्सक हु पै प्रान्तमा पठाएको छ।

फेब्रुअरी ९ तारिख चिनियाँ राज्य परिषदको संयुक्त रोकथाम तथा नियन्त्रण व्यवस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वास्थ्य समितिका प्रवक्ता मि फङले उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु