फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वास्थ्यकर्मीलाई सलाम !

(GMT+08:00) 2020-02-09 19:26:37

हाल चीनमा कोरोनाभाइरसको प्रकोप देखापरेको छ। यस भाइरसको उद्गमस्थल हुपे प्रान्तको सदरमुकाम शहर ऊहानमा भाइरसबाट प्रभावित तथा सङ्क्रमित भएकाहरूको संख्या धेरै छ। चीन अहिले यसको प्रतिकार गर्न र निर्मूल पार्न युद्धस्तरमा लागिपरेको छ। चीनले प्रभावित शहर ऊहानमा दश दिनमै अस्पताल बनाएर अर्को चमत्कार गरी देखाएको छ। हाल, यहाँ विरामीको उपचारका लागि सभागृह, खेलभवनलाई समेत अस्पतालको रूप दिइएको छ। यहाँ स्वास्थ्यकर्मीहरू अहोरात्र उपचारमा खटिरहेका छन्। सङ्क्रमितबाट सजिलै सर्ने भाइरस भएकोले स्वास्थ्यकर्मीहरूले त्यही अनुरूपको तयारी गरेका छन्। निरन्तर रूपमा घण्टौंसम्म सेवामा खटेपछि स्वस्थ्यकर्मीहरूको अनुहार र हातहरू कस्तो देखिए त?

यी स्वास्थ्यकर्मीहरूप्रति हार्दिक नमन।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु